२१ चैत्र २०८२, शनिबार | April 4, 2026

लिबियामा इन्धन बोकेको ट्रक विस्फोटमा ६ जनाको मृत्यु



एजेन्सी । लिबियाको दक्षिणपश्चिममा सोमबार इन्धन बोकेको ट्रक विस्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको चिकित्सकहरूले बताएका छन्।

विस्फोटको कारण भने अझै खुल्न सकेको छैन । उक्त ट्रक बेन्ट बयाह जिल्लास्थित पेट्रोल स्टेशनतर्फ जाँदै थियो। उक्त विस्फोटपछि नजिक रहेका कारहरूमा आगलागी भएको थियो र ठूलो भागदौड मच्चिएको थियो।

दक्षिणी लिबियाको मुख्य शहर सेभाको एक अस्पतालका अधिकारीले एएफपीलाई छ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।
सो अस्पतालमा ५० भन्दा बढी घाइतेहरू भर्ना गरिएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको पनि बताइएको छ।

अन्तरिम प्रधानमन्त्री अब्दुलहामिद दबेबाले ट्वीट गर्दै सरकारले घटना बारे अनुसन्धान थालेको बताएका छन्। ‘हामीले घाइतेहरूलाई तत्काल प्रमुख अस्पतालमा लैजान क्राइसिस सेललाई निर्देशन दिएका छौं। ट्विटमा लेखिएको छ ।

लिबियामा अफ्रिकाको सबैभन्दा ठूलो तेल भण्डार छ तर छिमेकी देशहरूमा हुने इन्धन तस्करीले पम्पहरू प्रायः रित्तै रहने गर्दछन् । गद्दाफीको सत्ताच्युतपछि लिबिया थप समस्याग्रस्त बनेको छ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ५ : ४० बजे

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ

तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

बिर्तामोड । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौं । वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हालेकोमा अष्ट्रेलियाले

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र