७ चैत्र २०८२, शनिबार | March 21, 2026

औद्योगिक क्षेत्रमा बढाइएको भाडा तत्काल फिर्ता गर्न सरकारसँग माग



काठमाडौं । नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रमा रहेका उद्योगीहरुको बढाइएको जग्गा भाडा तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

पररसंघका कार्यवाहहक अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको पररसंघ टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्त्री दिलेन्त्रप्रसाद बडू र उद्योग सचिव अर्जुनप्रसाद पोखरेललाई भेट गरी औद्योगिक क्षेत्र व्यवस्थापनले बढाएको भाडा फिर्ता गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्न आग्रह गरेको हो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ५ मंसिर २०७५ को बैठकले सरोकावालाहरूको असहमति हुँदाहुँदै १ साउन २०७५ देखि लागू हुने गरी अधिकतम ६८७ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको थियो ।

उद्योगीहरूको असहमति तथा विरोधपछि सो निर्णय तत्काल कार्यान्वयन नगर्न र त्यस सम्बन्धमा विस्ततृ अध्ययन गर्न तत्कालीन उद्योगमन्त्रीले निर्देशन दिएका थिए । तर गत २२ असारमा बसेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको बैठकले १ साउन २०७५ देखिकै भाडा असुल गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १ : ४४ बजे

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६

ढोरपाटनमा भारी हिमपात

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी

आज देशभर बादल लाग्ने, मध्यम वर्षा/हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय

आज मुस्लिम समुदायले ईद उल फित्र पर्व मनाउँदै

काठमाडौं । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत