१३ असार २०८३, शनिबार | June 27, 2026

साफ यू-२० : माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा, नेपाल बाहिरियो



काठमाडौं । आयोजक भारत साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार साँझ सम्पन्न दिनको खेलमा प्रतियोगिताबाट बाहिरिइसकेको माल्दिभ्सलाई १-० गोलले हराउँदै भारत उपाधिनजिक पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भारत गोल गर्न सफल रह्यो ।

उसका लागि फरवार्ड गुर्किरत सिंहले खेलको ९०औं मिनेटमा गोल गर्दै जित दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र माल्दिभ्सका डिफेन्सले क्लियर गर्न नसकेको बललाई टप कर्नरमा प्रहार गरेका थिए ।

खेलको इन्ज्युरी समयमा भारत १० खेलाडीमा समेटियो । पार्थिवसुन्दर गोगोइले थ्रो इन गर्न ढिलाइ गरेपछि नेपाली रेफ्री प्रज्वल क्षेत्रीले उनलाई पहेंलो कार्ड दिएका थिए । त्यसपछि खेल सुरु भए पनि रेफ्रीविरुद्ध बहस गरेपछि उनलाई सिधै रातो कार्ड दिएका थिए ।

लिग चरणको अन्त्यमा बंगलादेश ४ खेलमा १० अंक जोड्दै शीर्षस्थानमा रह्यो । भारतले ४ खेलमा ९ अंक जोड्दै दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनायो ।

यता, नेपाल भने ४ खेलमा ७ अंकसहित तालिकाको तेस्रो स्थानमा रह्यो । माल्दिभ्स ४ खेलमा २ अंकसहित चौथो तथा १ अंक जोडेको श्रीलंका पुछारमा रह्यो । अब शुक्रबार हुने फाइनलमा बंगलादेश र भारत खेल्नेछन् ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १० : ०२ बजे

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा कारको ठक्करबाट दुई

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष

फिफा विश्वकप : नर्वेलाई हराउदै फ्रान्स समूह आइको विजेता

काठमाडौं । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा