२८ माघ २०८२, बुधबार | February 11, 2026

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिकामा



काठमाडौ । लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुटवल उप महानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५२ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको छ ।

एक्सटेन्सन काउन्टरको समुद्घाटन बुटवल उप महानगरपालिका का प्रमुख खेलराज पाण्डेले गरेका छन् ।
कार्यक्रममा उप महानगरपालिका का प्रमुख खेलराज पाण्डेले बुटवल बजार व्यवसायीक क्षेत्र भएकाले काउण्टरबाट सरकारी कारोबार लगायत व्यवसायीक कारोबार समेतको माग रहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वडा कार्यलयहरुबाट समेत राजश्व सङ्कलन गर्ने योजना रहेको बताए ।

शाखा कार्यालय बुटवल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ ।

बैंकका लुम्बिनी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिनेश गौतमको सभापतित्वमा भएको कार्यक्रममा उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले स्वागत मन्तब्य तथा उप प्रबन्धक जितेन्द्रसिंह थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

सो अवसरमा विभिन्न वडाका वडा अध्यक्ष तथा सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी, उद्योग वाणिज्य महासंघ बुटवलका अध्यक्ष उज्वल कसजु, शाखा कार्यालय बुटवलका शाखा प्रबन्धक सुरेन्द्र यादब, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ११ : ५० बजे

प्रतिनिधिसभा निर्वाचन : ५३ जिल्लाको एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ लाई आयोगले सोध्यो स्पष्टीकरण, ३०को जवाफ प्राप्त

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी

शासन-प्रशासनमा विचौलियाको प्रभाव बढ्दै गयो : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको

सुक्खा बन्दरगाहमा छ महिनामा ५७२ रेल्वे -याकमार्फत सामान भित्रियो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ