२२ बैशाख २०८१, शनिबार | May 5, 2024

तेस्रोपटक रिलिज हुँदै ‘चपली हाइट ३’



काठमाडौ । चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक रिलिज हुने भएको छ । चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो ।

पछिल्लो समय कोभिडको मारमा परेको भन्दै निर्माता अर्जुन कुमारले तेस्रोपटक रिलिज गर्न लागिएको बताए । ‘हाम्रो फिल्म दुईपटक नै रिलिज हुँदा कोभिडको मारमा प¥यो । कोभिड कम भएलगत्तै रिलिज भएकाले दर्शक हलसम्म आउने वातावरण बनेन । त्यसकारण यसपटक रिलिज गरेका हौँ,’ निर्माता अर्जुन कुमारले भने ।

उनले दर्शककै मागका कारण रिलिज हुन् लागेकोसमेत बताए । निर्देशक निकेश खड्काले अब फिल्म रिलिज नहुने बताए । ‘तेस्रोपटक रिलिज भयो, अब हुँदैन । अघिल्लो दुई रिलिजमा दर्शकले फिल्म हेर्ने वातवरण थिएन । राम्रो प्रतिक्रिया बटुले पनि कोभिडका कारण दर्शक हलसम्म आएनन्,’ उनले भने ।

‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतमलगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  १ : ५५ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै