८ बैशाख २०८१, शनिबार | April 20, 2024

निजगढ विमानस्थल अध्ययन गर्न १० सदस्यीय विज्ञ टोली गठन



काठमाडौं । बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गर्न सरकारले विज्ञ टोली गठन गरेको छ।

बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाको अध्यक्षतामा १० जना विज्ञलाई समेटेर टोली गठन गरेको हो ।

सर्वोच्च अदालतले विमानस्थल निर्माणको पुरानो प्रक्रिया खारेज गरी थप अध्ययन गरेर मात्र यससम्बन्धी काम सुरु गर्न आदेश दिएको थियो । सर्वोच्चको सो आदेश दिएको एक महिना पछि सरकारले विज्ञ टोली गठन गरेर अन्तर्राष्टिय विमानस्थल निमार्ण प्रक्रियामा जानकारी लिन खोजेको हो । देउजा नेतृत्वको सो टोलीमा पूर्वअर्थसचिव रामेश्वर खनाल र पूर्वाधारविद् सूर्यराज आचार्यलगायत सदस्य रहेका छन् ।

सर्वोच्च अदालतकै आदेशअनुसार मन्त्रिपरिषद्बाट विज्ञ टोली गठन गरिएको पर्यटनमन्त्री जीवनराज श्रेष्ठले बताए । उनका अनुसार समितिलाई निजगढ बिमानस्थलको स्थलगत अध्ययन समेत गरेर आफनो प्रतिवेदन पेस गर्नका लागि एक महिनाको समय दिइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ९ : ०२ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन