६ श्रावण २०८३, बुधबार | July 23, 2026

काठमाडौं उपत्यकामा मापसे गरी सवारी साधन चलाउने बढे, एक सातामा ११ सयभन्दा बढी कारवाहीमा



काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन [मापसे] गरी सवारी साधन चलाउनको संख्या पछिल्ला दिन बढ्न थालेको छ ।

पछिल्लो एक सातामा मात्र काठमाडौं उपत्यकामा मापसे गरी सवारी चलाउने १ हजार १०८ जना सवारी चालकलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बितेको एक सातमा औषतमा प्रत्येक दिन १५८ जनाभन्दा बढी सवारी चालक मापसे गरी सवारी चलाएको अवस्थामा ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् ।

मापसे गरी सवारी चलाउनेमा नीति सवारी साधन चलाउने देखि स्कुलको बस चलाउने सवारी चालकसम्म रहेका छन् । शुक्रबार र शनिबारको दिन सबैभन्दा बढी मापसे गरी सवारी चलाउने भेटिने गरेको कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो एक साताको अवधिमा ट्राफिक प्रहरीले जाँच गर्दा साउन १३ गते २३४, १४ गते १९८, १५ गते ११८, १६ गते ११५, १७ गते १४२, १८ गते १४७ र १९ गते १५४ जना सवारी चालक मापसे गरी सवारी साधन चालएको अवस्थामा भेटिएका थिए ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ११ : १८ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क