२७ भदौ २०८३, शनिबार | September 12, 2026

विमानस्थलबाट सुनको औंठी र मोबाइलसहित दुई जना पक्राउ



काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका-३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार गाउपालिका-८ वतन भएका भीमबहादुर तामाङ रहेका छन् ।

हिमालय एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो ।

प्रहरीले भुपेन्द्रको साथबाट २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औंठी र ३ थान आईफोन ७ प्लस तथा भीमबहादुरको साथबाट पनि २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औंठी र १ थान आईफोन ८ प्लस तथा १ थान आइफोन ७ प्लस बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १० : २० बजे

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले