१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

जलदका ३ मुक्तक



१
देश देश मात्र भन्छौ परिवेश बनाउनु पर्छ
नेता अभिनेता गन्छौं उपदेश जनाउनु पर्छ
शहीदको रगतमा डुबेको छ नेपाल यो हाम्रो
सिमानाको कुरा सुन्छौ नि सन्देश खनाउनु पर्छ ।

२
तर्नु छ यो भव सागर छोडेर माया संजालको
मर्नु छ नि अब जिएर जोडेर माया संजालको
कुल वंशको कुरा विवेक नियम मारी सकेछौं
पर्नु छ यो घोर नर्कमा तोडेर माया संजालको ।

३
चोरेर यो दिल मेरो गङ्गा बनायौ किन यसरी
कोरेर प्रेमील उड्ने चङ्गा बनायौं किन यसरी
आँसु सागरमा बग्ने कथा व्यथा कसरी लुकायौ
फोरेर मंजिल फ़ेरी पङ्गा बनायौं किन यसरी ?

 

-मोहन आचार्य जलद
कोभेन्ट्री बेलायत

 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ८ : ५८ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का