२७ माघ २०८२, मंगलबार | February 10, 2026

माओवादी अध्यक्ष प्रचण्ड जापानमा, यस्तो छ भ्रमण तालिका



टोकियो । पूर्व प्रधानमन्त्री तथा सत्तारूढदलका प्रमुख नेता मध्यका एक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ ५ दिने भ्रमणका लागि जापान आइपुगेका छन ।

साउन २१ देखि २५ गते अर्थात् अगस्ट ६ देखि १० तारिख सम्मको जापान भ्रमणका लागि पूर्व प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान जापानको नारिता अन्तराष्ट्रिय विमान स्थलमा आइपुगेका हुन ।

नेपाली जनप्रगतिशिल मन्च जापानको निमन्त्रणामा जापान आएका पूर्व प्रधानमन्त्री प्रचण्डसहित चार सदस्यीय भ्रमण टोलीलाई मंचका अध्यक्ष भवानी पन्त, जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीसहितका नेपालीहरूले विमानस्थलमा स्वागत गरेका थिए ।

विमानस्थलमा स्वागत गर्नेहरुमा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष रोविन्द श्रेष्ठ, भूषण घिमिरे, एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरे, मंचका पदाधिकारीहरू, मंचका केन्द्रीय समितिका सदस्य, विभिन्न नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, सर्वसाधारण नेपालीहरू रहेका थिए ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको आरए ४३३ नम्बरको जहाजबाट आइपुगेका प्रचण्डले जापानमा आयोजितविभिन्न कार्यक्रममा सहभागी बन्नेछन ।

हालसम्म सार्वजनिक भएका कार्यक्रम मध्य शनिबार नै जापानको फुकुओकामा आयोजित नेपाल फेष्टिवल फुकुओकाको उदघाटन गर्ने छन ।

त्यसैगरि अगस्ट ६ मा हिरोसिमा घटना भएको ७५ बर्ष पूरा हुने ऐतिहासिक क्षेत्रमा आइतबार प्रचण्डले भ्रमण गर्नेछन भने सोही दिन नै नेपाली जनप्रगतिशिल मन्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबिच ‘समृद्ध नेपालकोआधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरकृया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन ।

जापानमा रहदा प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसङग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको छ। आधुनिक कृषि प्रणालीको विकासको बारेमा समेत फिल्ड़मा नै पुगेर हेर्ने समेत कार्यक्रम रहेको बताईएको छ।

प्रचण्डको जापान भ्रमणले नेपाल-जापान सम्बन्धलाई थप मजवुत बनाउन मद्दत गर्नेछ भने नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबिचमा विश्वास र सहकार्यमा बढोत्तरी हुने प्रचण्डको नेपालस्थित सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ९ : ०८ बजे

पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

म्याग्दी । पशुलाई महामारीजन्य रोगबाट जोगाउनका लागि जिल्लामा पशुमा पूर्णखोप

दक्षिण अफ्रिकाको विजयी सुरुवात, क्यानडा ५७ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार राति सम्पन्न खेलमा

आजको मौसम : तराई भू-भाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ

खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

काठमाडौं । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव

तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पाठेघरको मुखको क्यान्सर रोकथामका