७ कार्तिक २०८३, शनिबार | October 25, 2026

सल्यानमा जंगली च्याउ खाँदा बालिकाको मृत्यु



सुर्खेत । जंगली च्याउ खाँदा सल्यानमा एक बालिकाको मृत्यु भएको छ । सल्यान शारदा नगरपालिका–४ साइला कम्दकी ४ वर्षीया जोशना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जंगली च्याउ खाँदा बिरामी परेका एकै घरका चारमध्ये बालिकाको प्रदेशिक अस्पताल सुर्खेतमा शनिबार दिउँसो उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

शुक्रबार जंगली च्याउ खाँदा शारदा नगरपालिका–४ साइला कम्दकी ४० वर्षीया मीना बस्नेत, छोरी २५ वर्षीया पवित्रा बस्नेत, ९ वर्षीय छोरा जोन बस्नेत र छोरी ४ वर्षीया जोशना बस्नेत बिरामी भएका थिए । जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको थियो ।

उनीहरूका अनुसार जिल्ला अस्पतालबाट रिफर गरिएका बन्गाड कुपिण्डे नगरपालिका–९ जयतपानीका एकै घरका ४८ वर्षीय भूपबहादुर ओली, उनको ४५ वर्षीया श्रीमती मनकलि ओली २३ वर्षीय छोरा प्रकाश ओली र बुहारी २१ वर्षीय सुशीला ओली र शारदा नगरपालिका–४ साइला कम्दका चार गरी आठ जना बिरामी भएका थिए । जसमध्ये पाँच जनाको प्रादेशिक अस्पताल सुर्खेत कालागाउँ अस्पतालमा उपचार भइरहेको छ भने बाँकी दुई जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको खनालको भनाइ छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ६ : ०१ बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र