२८ मंसिर २०८२, आइतबार | December 14, 2025

इण्डियन आइडल छोड्दै अनु मलिक



काठमाडौं । संगीतकार तथा गायक अनु मलिक ‘इण्डियन आइडल’बाट अलग्गिने भएका छन् । उनले अब पहिलोपटक ‘सा रे गा मा पा लिटिल च्याम्पस’मा निर्णायकको भूमिका निभाउनेछन् ।

अनुले यो कुराको पुष्टी गरेका छन् । ‘म लामो समयदेखि इण्डियन आइडलसँग जोडिएको छु । अब म योभन्दा अगाडि बढ्न चाहन्छु । पहिलोपटक सा रे गा मा पाको निर्णायक हुन पाउँदा खुशी छु । अब म युवा गायक गायिकालाई जज गर्न केन्द्रित हुनेछु’, अनुले भनेका छन् ।

इण्डियन आइडलमा रहँदा अनु ‘मीटू’ विवादमा मुछिएपछि उनले यो शो छोडेका थिए । तर सन् २०२१ मा विशाल ददलानीले शोबाट ब्रेक लिएपछि उनको स्थानमा पुनः मलिक गएका थिए ।

‘मिटु’ विवादमा जोडिएपछि यो विषयमा उनलाई सञ्चारमाध्यमले प्रश्न गर्दा उनले बोल्न अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ९ : ०९ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको