१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

एनआरएनए यूकेको साधारणसभामा राजदूत आचार्य नआएपछि आक्रोश



लन्डन । एनआरएनए यूकेको शनिबार अल्डरसटमा सम्पन्न साधारणसभामा प्रमुख अतिथिको रूपमा सहभागी हुन ‘कन्फर्म’ गरिसकेका राजदूत ज्ञानचन्द्र आचार्य अन्तिम समयमा अनुपस्थित भएपछि उनीप्रति आयोजक र सहभागीले आक्रोश पोखेका छन्।

कार्यक्रममा सहभागी बेलायतस्थित झन्डै तीन दर्जन नेपाली संघसंस्थाका प्रतिनिधिले संयुक्त वक्तव्य जारी गर्दै राजदूतको भूमिकाप्रति खेद व्यक्त गरेका छन्।

विभिन्न ३३ वटा संस्थाका अध्यक्ष एवं प्रतिनिधिले हस्ताक्षर गरेको वक्तव्यमा राजदूत आचार्यले निमन्त्रणा स्वीकार गरिसकेको कार्यक्रममा अन्तिम समयमा पूर्वजानकारीबिना अनुपस्थित भएर कार्यक्रमका आयोजक एवं सहभागी सबैलाई अपमानित गरेको आरोप लगाइएको छ।

बेलायतवासी सम्पूर्ण नेपालीको अभिभावक हुनुपर्ने राजदूत कुनै एक स्वार्थ समूह र झुन्डको राजदूतको रूपमा भूमिका खेलेको भन्दै उनीहरुले सबैको साझा राजदूतको रुपमा भूमिका खेल्न आग्रह गरेका छन्। वक्तव्यमा भनिएको छ, ‘राजदूत आचार्यलाई समाज भाँड्ने, अपमान गर्ने कार्यलाई बन्द गर्न र सबैको राजदूत बन्न चेतावनीसहित आग्रह गर्दछौं ।’

यसअघि कार्यक्रमका सम्बन्धमा कार्यसमितिभित्रै विवाद रहेको कुरा बाहिर आएपछि प्रमुख अतिथिको निम्तो स्वीकार गरिसकेका राजदूत आचार्यबीच बाटोबाटै फर्किएका थिए। अन्तिम समयमा अनुपस्थित हुँदासमेत उनले इमान्दारीपूर्वक जानकारी नगराएकोप्रति आयोजक थप रुष्ट बनेको थियो। ‘राजदूतले बाटोमा छु, २ बजेसम्म आइपुग्छु भनेर अध्यक्षलाई फोन गर्नुभएछ । त्यसैले हामीले उहाँकै लागि त्यतिञ्जेल पर्खियौं। तर पछि उहाँ कार पार्कसम्म आएर फर्किनुभयो भन्ने सुन्यौं’, एनआरएनए यूके युवा संयोजक अनिल मल्लले भने।

अध्यक्ष प्रेम गाहामगरले राजदूतले अन्तिम समयमा अनुपस्थित रहेर एनआरएनए यूकेका साथै कार्यक्रममा उपस्थित बेलायतभरका संघसंस्थाका प्रतिनिधिहरुलाई अपमान गरेको आरोप लगाए।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ११ : २७ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित