१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

ताजा तरकारीको बजारीकरणका सहजकर्तालाई प्रशिक्षक प्रशिक्षण तालिम



बुटवल । कोभिड प्रभावित किसानलाई उनीहरुको उत्पादन बजारीकरणमा सहयोग गर्न सञ्चालित परियोजना अन्तरगत बुटवलमा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको छ । यु.एस.ए.आई.डि.को सहयोग तथा बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, अन्तरप्रेरणा, अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र र खेती (कृषि सम्बन्धि अनलाई एप्स)को आयोजनामा व्यवसाय विकास सेवा सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको हो ।

यी संस्थाहरुले यु.एस.ए.आई.डि.को आर्थिक सहयोगमा रुपन्देही, कपिलबस्तु र पाल्पामा कोभिड प्रभावित किसानले उत्पादन गरेको ताजा तरकारीको बजारीकरणमा सहयोग गर्ने गरी परियोजना सञ्चालन गरिएको छ । एक वर्षे परियोजनालाई सफल बनाउनको लागि कृषि सम्बन्धि सहकारी संघसंस्था तथा बजार प्रवद्र्धकहरु तथा अगुवा किसानलाई तालिम प्रदान गरिएको हो ।

तालिमको उद्घाटन गर्दै बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले किसानका कतिपय उत्पादनले बजार पाउन नसकिरहेको र अर्कोतिर बजारमा पनि ती उत्पादनको अभाव रहेको सन्दर्भमा यो परियोजना फलदायी हुने विश्वास व्यक्त गरे । उनले यहाँ तालिम लिएकाहरुले तालिममा सिकेका कुरालाई स्थानीय स्तरमा गएर मातहतका किसानलाई उत्पादित बस्तुको बजारीकरणमा सिकाउन आग्रह गरे ।

तालिममा उत्पादित बस्तुको बजारीकरण, बजारीकरणमा विद्यतीय प्रणाली माफर्त बजारीकरण लगायतका बारेमा जानकारी गराईने छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा अन्तरप्रेरणाकी श्रद्धा शाक्यले व्यवसायी विकास सेवा तथा यसको महत्व, खेती भेन्चरका सहदेव पोखरेल एप्समा कसरी बजारीकरण गर्ने, शनिल तुलाधरले विजनेशको मोडल क्यानभास, संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले मुल्य श्रीङ्खला, व्यवसाय विकास अधिकृत विकासमान कर्माचार्यले संघले प्रदान गरिरहेको व्यवसाय विकास सेवा सम्बन्धि प्रशिक्षण दिने छन् ।

तालिममा साना किसान कृषि सहकारी, कृषि समुह तथा अगुवा किसान गरी २८ सहभागि रहेको संघका कार्यक्रम अधिकृत तथा परियोजनाका फोकल प्रसन केशव ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ५ : ३४ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो