२४ बैशाख २०८१, सोमबार | May 6, 2024

गोपाल योञ्जन सिर्जना सम्मान २०२२ बाट वरिष्ठ संगीतकार शाान्ति ठटाल सम्मानित



दार्जिलिङ । वरिष्ठ संगीतकार तथा गायिका शान्ति ठटाल गोपाल योञ्जन सिर्जना सम्मान २०२२ बाट सम्मानित भएका छन् । गोपाल योञ्जन प्रतिष्ठानले आइतबार दार्जिलिङको गोरखा रंगमञ्च भवनमा आयोजित व्यांग्यकार गोपाल योञ्जनको ७९औं जन्मजयन्तीको अवसरमा आयोजित विशेष कायर्क्रममा संगीतकार तथा गायिका ८४ वर्षीया सुश्री ठटाललाई एक लाख भारतीय नगदसहित कदरपत्रले सम्मानित गरेको हो ।

उनलाई वरिष्ठ संगीतकार अशोक राईलगायतले दोसल्ला ओडाई सम्मानित गरे । सम्मान ग्रहणपछि ठटालले नेपाली संगीत जगतका मूर्धन्य व्यक्तित्व गोपाल योञ्जनको नाममा स्थापना भएको सम्मानबाट सम्मानित हुन पाउनु जिन्दगीकै सबैभन्दा सुखद, ठूलो र आनन्दको क्षण भएको भन्दै प्रसन्नता व्यक्त गरे ।

गोपाल योञ्जन नेपाली संगीत क्षेत्रको सिंगो विश्वविद्यालय भएको बताउँदै उनले जोकोहीले गोपाललाई बुझ्न नसक्ने जिकिर गरे । त्यसैले गोपाल योञ्जनका प्रत्येक गीतको अर्थ बुझाउँदै त्यसको भाव र गहिराइको बारेमा अन्तर्क्रया गर्ने कार्यक्रम आगामी दिनमा गर्दै जानुपर्ने आवश्यकता ठटालले औंल्याए ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १० : ३० बजे

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम