२१ बैशाख २०८३, सोमबार | May 4, 2026

सिटीको जितमा हालान्डको दुई गोल



काठमाडौं । फरवार्ड एर्लिङ हालान्डको दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले सिजन २०२२/२३ प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । नर्वेली खेलाडीले डेब्यु खेलमै दुई गोल गरेपछि सिटीले वेस्ट ह्याम युनाइटेडलाई २-० अन्तरले पराजित गर्दै तीन अंक जोड्यो

खेलको ३६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हालान्डले ६५ औं मिनेटमा सिटीको अग्रता दोब्बर पारे । यता, घरेलु मैदान ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग २-१ ले पराजित भयो । युनाइटेडबाट स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए ।

पास्कल ग्रोसले ३० औं मिनेटमा गरेको गोलबाट युनाइटेडले पहिलो अग्रता लिएको थियो । त्यसको ९ मिनेटपछि नै ब्राइटनले अग्रता दोब्बर पर्‍यो । ३९ औं मिनेटमा पास्कलले नै दोस्रो गोल गरे ।

युनाइटेडले एक गोल पनि आत्मघाती उपहार पाएको थियो । खेलको ६८ औं मिनेटमा ब्राइटनका एलेक्स म्याक एलिस्टरबाट आत्मघाती गोल भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ६ : ५१ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,