३ असार २०८३, बुधबार | June 17, 2026

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट भुक्तानी गर्न सकिने



काठमाडौ । चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । गत आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी (E–Payment) सेवा शुभारम्भ गरेसँगै नगरपालिकाका सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पे मार्फत घर बहाल कर, सम्पति कर र व्यवसायिक कर तिर्न भुक्तान गर्न सक्नेछन् ।

नगरपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी विद्युतीय कर भुक्तानी (E–Payment) सेवा शुरु गरेको हो । उक्त कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले बिज्ञान प्रविधिको युगमा नगरपालिकाले शुरु गरेको विद्युतीय कर भुक्तानी (E–Payment) सेवाले आम सेवाग्राहीहरुलाई नगरपालिकाको कर भुक्तानी गर्न सजिलो मात्र नभई संसाधनको समेत बचत हुने र नगरपालिका र वडाहरुमा सेवाग्राहीहरुको चाप पनि कम हुने बताउँदै सबै वडाका प्रतिनिधि तथा कर्मचारीहरु यो सेवाको प्रवद्र्घन गर्न लागि पर्नुपर्ने बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ४ : ०७ बजे

राष्ट्रिय सेवा दल तालिम शुभारम्भ

काठमाडौँ । राष्ट्रिय सेवा दलले गत सोमबारदेखि देशभरका २२१ वटा

एल–निनो असर : भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर

काठमाडौँ । सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका