२८ भदौ २०८३, आइतबार | September 14, 2026

शेयर खरिद गरेको रकम आइएमई पे मार्फत भुक्तानी गर्न सकिने



काठमाडौ । शेयर लगानीकर्ताले आफ्नो टिएमएस मार्फत आइएमई पे छनौट गरि आफूले ब्रोकरलाई शेयर खरिद गरे बापत गर्नुपर्ने भुक्तानी साथै शेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्नेछन् ।

हाल यो सुबिधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ । आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले बताएका छन् । टिएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पे रोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले शेयर कारोबार गर्ने सबैलाई थप सहज हुने साथै भुक्तानी सेवा प्रदायक यसरी टिएमएसमा जोडिनुले नेपालको शेयर बजारलाई डिजीटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले उल्लेख गरेका छन्  ।

यो भुक्तानी रियल–टाईममा हुने भएकोले ब्रोकर तथा शेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सक्नुहुनेछ । यो सुविधा प्रयोग गर्ने शेयर लगानीकर्तालाई हालको लागि कुनै सेवा शूल्क नलाग्ने गरी व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ५ : ३७ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा