१६ माघ २०८२, शुक्रबार | January 30, 2026

एकताको प्रतिक बन्दै शोकको पर्व मोहर्रम



भैरहवा । ईस्लाम धर्मावलम्बीहरूले शोकको पर्वको रुपमा मनाउने मोहर्रम पर्वले पछिल्लो समय हिन्दु र मुस्लिम समुदायबीच एकता अझै प्रगाढ बनाएको छ । हिजो मंगलबार मोहर्रम १० तारिखमा ताजिया बिजर्सन गरी पर्वको विधिवत समापन भएको छ । ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरका नाति हजरत हुसैनको शाहादत [शोक]मा यो पर्व मनाइने गरिन्छ ।

हुसैन इराकको राजधानी बगदाद भन्दाको करबला भन्ने ठाँउमा यजिदी फौजसँगको धर्मयुद्धमा सहिद भएका थिए । यो पर्वले हिन्दु तथा मुस्लिम धर्मावलम्बीहरूको एकताको पर्वको रुपमा पनि परिचय बनाउदै गएको छ । सद्भावको प्रतिकको रुपमा रहेको यो पर्वमा वर्षेनी श्रद्धालु बढ्दै गएका छन् । हिन्दु र मुस्लिम दुवै समुदाय उत्तिकै आस्था राखी हिन्दु धर्मालम्बीहरू पनि मुस्लिम जस्तै तजिया बनाई विधिवत रुपमा पूजाअर्चना गर्न थालेका छन् ।

ईस्लामिक धर्मको नयाँ वर्षका दिन सुरु हुने मोहर्रमका १० दिनसम्म फरकफरक तरीकाले मनाइन्छ । मोहर्रमको १० तारिखलाई महान दिन असुरा पनि भनिन्छ । मोहर्रम १० तारिखकै दिन धेरै नबीहरूमाथि अल्लाहको इनायत भयो र पापीहरूलाई सजाय गरिएको थियो । जसमा हजरत हुसैनले पनि सहादत पाएको विश्वास छ । हुसैनले इस्लाम र मानवताको रक्षा गर्न आफ्नो परिवार र साथीहरूको लागि बलिदानी दिएका थिए ।

त्यसैले यो शोक दिनको सम्झनामा मस्जिदमा कुरान पाठ गरिनुका साथै बेलुकी खिचडा [खाने पक्वान्न] बनाएर बाँडिन्छ । घरमा बनाइएका ताजियाहरू नजिकको कर्बला[रण]मा पुगेर विभिन्न परम्परागत खेल तमासा तथा ताजियालाई बिभिन्न सामग्री अर्पण गरि यो पर्व मनाईन्छ । भाकल गर्नेहरुले आफ्नै लागतमा ठूलो ताजिया बनाउने पनि गर्दछन विशेषगरी मोहर्रम पर्व मुस्लिम समुदायले मनाउने भए पनि भाकल पूरा भएको भन्दै केही हिन्दु धर्मावलम्बीले पनि ताजिया राख्ने गर्छन् ।

सन् ६८० अक्टोबर १० तारिखका दिन इराकको राजधानी बगदादभन्दा सय किलोमिटर टाढा उत्तर पूर्वको करबलामा यजिदी फौजसँगको धर्मयुद्धमा सहादत प्राप्त गरेका हुसैनको सम्झनामा ताजिया बनाई मोहर्रम पर्व मनाउने परम्परा शुरु भएको हो । हसन तथा हुसेनको प्रतिक स्वरुप बासको ढाँचामा बिभिन्न रङगिचङगी कागज बेरी तजिया बनाईने गरिन्छ । तजिया भनेको युद्धको बेला प्रयोग गरिएको एक प्रकारको हतियार । ताजियाहरुलाई सोमबार साँझ अर्थात  मोहर्रम नवमीका दिन पुजा गरि मंगलबार दशौँ दिन बिर्सजन गरि समापन हुन्छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १ : ३९ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र