८ बैशाख २०८१, शनिबार | April 20, 2024

डेंगु नियन्त्रणका लागि बुटवलमा ‘लार्भा खोज र नष्ट गर’ अभियान शुरु



बुटवल । डेंगुका बिरामीको संख्या बढेपछि बुटवल उपमहानगरपालिका सहित रुपन्देहीका अधिकास स्थानीय पालिकाहरु नियन्त्रणका अभियान थालेका छन । स्थानीय पालिकाहरुले डेंगुको रोगथामका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सबैभन्दा उपयुक्त हुने भन्दै यसलाई प्राथमिकतामा राखेर अभियान थालेका हुन् ।

सोही सन्दर्भमा फेयरमेट फाउन्डेसन नेपाल र ईन्द्रेनी सामुदायिक केन्द्रको सहयोग तथा बुटवल उपमहानगरपालिकाको आयोजनामा बुधबार बुटवलमा डेगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखिकरण कार्यक्रम सम्पन भएको छ । अभिमुखिकरण कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले नगरका सबै वडाहरुमा अभियान शुरु गरिएको जानकारी दिए । समुह समुहमा लार्भा खोज र नष्ट गर अभियान, क्लोरिनको झोल स्प्रे गर्ने तथा पर्चा पम्पेटिङ बितरण जस्ता सेचतनाका कार्यक्रम गरिएको बताउँदै उनले समुदाय परिचालित नभई नियन्त्रण कठिन देखिएको पनि बताए । उपमहानगरको स्वास्थ्य महाशाखाबाट आवश्यक प्राविधिक सहयोग लिएर अभियान संचालन गर्न उनले वडा अध्यक्ष र नगरमा क्रियाशिल संघ संस्थाहरुलाई आह्वान गरे ।

उपप्रमुख सावित्रादेबी अर्यालले दैनिक रोकथाकका अभियान चलाउन आवश्यक रहेको बताउँदै विपद ब्यवस्थापन समितिको अगुवाईमा स्वस्थ्यकर्मीहरुको साथ लिएर टोलटोलमा कार्यक्रम चलाउन थालिएको जनाईन् ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर निरिक्षक केदारनाथ शाहले २०६७ सालदेखि बुटवलमा डेगुको समस्या देखिन लागेको बताए । यो एक सरुवा रोग भएकाले पनि बेलाबेला दुख दिईरहने उनले बताए । ‘एक मान्छेबाट अर्कोमा लामखुट्टेबाट सजिलै सर्छ ।’–उनले भने । करीब ३ हजारभन्दा बढि प्रकारका लामखुट्टे भएपनि एडिस एजेप्टी पोथी जातको लामखुट्टेले डेंगु सार्ने गरिएको उनले बताए ।

मानिसलाई ज्वरो आउने, आँखा पहेलो हुने, हातखुट्टा जोर्नी दुख्ने जस्ता लक्षण डेंगुमा देखिने उनले बताए । लामखुट्टेको संख्या कम गर्नुनै सबैभन्दा राम्रो उपाय भएको उनले बताए । कालोमा सेतो धर्का भएको यो लामखुट्टेलाई सजिलै चिनिने जनाउँदै उनले डेंगु गाँउलेलाई भन्दा बढ िशहरियाहरुलाई हुने पनि बताए । एकैपटकमा एक बाईटमा फरकफरक गरि ५ जनासम्मलाई रोग सार्न सक्ने सम्भावना हुने बताउँदै उनले जनघनत्वको ३ सय मिटरभन्दाबाहिर नजाने पनि जानकारी दिए ।

जुनसुकै तेल हालेर पनि लार्भा मार्न सकिने जनाउँदै शाहले लाईभ साइकल १० दिन हुने भएकाले पनि लार्भा अवस्थामा मार्न सजिलो हुने उनले बताए । दिउँसो लामखुट्टेले टोक्ने भएकाले शरीर ढाक्ने कपडा लगाउने, पानी जम्ने ठाउँ रोक्ने जस्ता काम अघि बढाउन उनले सुझाव दिए ।

बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत टेकराज पन्थीले विद्यालय, घरघरमा पुगेर सचेतना जगाउने कामलाई अगाडि बढाउनेतर्फ स्थानीय तहको ध्यान गएको बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ७ : ०५ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा