२३ असार २०८३, मंगलबार | July 7, 2026

डेंगु नियन्त्रणका लागि बुटवलमा ‘लार्भा खोज र नष्ट गर’ अभियान शुरु



बुटवल । डेंगुका बिरामीको संख्या बढेपछि बुटवल उपमहानगरपालिका सहित रुपन्देहीका अधिकास स्थानीय पालिकाहरु नियन्त्रणका अभियान थालेका छन । स्थानीय पालिकाहरुले डेंगुको रोगथामका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सबैभन्दा उपयुक्त हुने भन्दै यसलाई प्राथमिकतामा राखेर अभियान थालेका हुन् ।

सोही सन्दर्भमा फेयरमेट फाउन्डेसन नेपाल र ईन्द्रेनी सामुदायिक केन्द्रको सहयोग तथा बुटवल उपमहानगरपालिकाको आयोजनामा बुधबार बुटवलमा डेगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखिकरण कार्यक्रम सम्पन भएको छ । अभिमुखिकरण कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले नगरका सबै वडाहरुमा अभियान शुरु गरिएको जानकारी दिए । समुह समुहमा लार्भा खोज र नष्ट गर अभियान, क्लोरिनको झोल स्प्रे गर्ने तथा पर्चा पम्पेटिङ बितरण जस्ता सेचतनाका कार्यक्रम गरिएको बताउँदै उनले समुदाय परिचालित नभई नियन्त्रण कठिन देखिएको पनि बताए । उपमहानगरको स्वास्थ्य महाशाखाबाट आवश्यक प्राविधिक सहयोग लिएर अभियान संचालन गर्न उनले वडा अध्यक्ष र नगरमा क्रियाशिल संघ संस्थाहरुलाई आह्वान गरे ।

उपप्रमुख सावित्रादेबी अर्यालले दैनिक रोकथाकका अभियान चलाउन आवश्यक रहेको बताउँदै विपद ब्यवस्थापन समितिको अगुवाईमा स्वस्थ्यकर्मीहरुको साथ लिएर टोलटोलमा कार्यक्रम चलाउन थालिएको जनाईन् ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर निरिक्षक केदारनाथ शाहले २०६७ सालदेखि बुटवलमा डेगुको समस्या देखिन लागेको बताए । यो एक सरुवा रोग भएकाले पनि बेलाबेला दुख दिईरहने उनले बताए । ‘एक मान्छेबाट अर्कोमा लामखुट्टेबाट सजिलै सर्छ ।’–उनले भने । करीब ३ हजारभन्दा बढि प्रकारका लामखुट्टे भएपनि एडिस एजेप्टी पोथी जातको लामखुट्टेले डेंगु सार्ने गरिएको उनले बताए ।

मानिसलाई ज्वरो आउने, आँखा पहेलो हुने, हातखुट्टा जोर्नी दुख्ने जस्ता लक्षण डेंगुमा देखिने उनले बताए । लामखुट्टेको संख्या कम गर्नुनै सबैभन्दा राम्रो उपाय भएको उनले बताए । कालोमा सेतो धर्का भएको यो लामखुट्टेलाई सजिलै चिनिने जनाउँदै उनले डेंगु गाँउलेलाई भन्दा बढ िशहरियाहरुलाई हुने पनि बताए । एकैपटकमा एक बाईटमा फरकफरक गरि ५ जनासम्मलाई रोग सार्न सक्ने सम्भावना हुने बताउँदै उनले जनघनत्वको ३ सय मिटरभन्दाबाहिर नजाने पनि जानकारी दिए ।

जुनसुकै तेल हालेर पनि लार्भा मार्न सकिने जनाउँदै शाहले लाईभ साइकल १० दिन हुने भएकाले पनि लार्भा अवस्थामा मार्न सजिलो हुने उनले बताए । दिउँसो लामखुट्टेले टोक्ने भएकाले शरीर ढाक्ने कपडा लगाउने, पानी जम्ने ठाउँ रोक्ने जस्ता काम अघि बढाउन उनले सुझाव दिए ।

बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत टेकराज पन्थीले विद्यालय, घरघरमा पुगेर सचेतना जगाउने कामलाई अगाडि बढाउनेतर्फ स्थानीय तहको ध्यान गएको बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ७ : ०५ बजे

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज

गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

लमजुङ । गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने आन्तरिक

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन । चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री

एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको