१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

बुटवलमा २ अर्ब लगानीमा आधुनिक कृषि बजार बन्दै



बुटवल । बुटवलको सेमलारमा आधुनिक कृषि बजार बन्ने प्रक्रिया अघि बढेको छ । नेदरल्याण्डस् सरकारको अनुदानमा २ अर्ब रुपैयाँ भन्दा बढी लागतमा स्वदेशमा उत्पादित कृषि उपज निर्यात र बिचौलिया रोक्ने योजनासहित बुटवल १५ र १६ मा पर्ने सेमलार क्षेत्रमा कृषि बजार निर्माणको प्रक्रिया अघि बढेको हो ।

जसका लागि जग्गा प्राप्तिको लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सहमति जनाएको छ । जिल्ला प्रशासन कार्यालय भैरहवामा बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सो जग्गा विपदका लागि प्रयोग नहुने र जोखिमपूर्ण स्थानमा नरहेकोले सिफारिश गर्ने निर्णय गरेको बैठकमा सहभागी बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । स्थानीयको सहमतिपश्चात् बुटवल उपमहानगरपालिकाले विपद् व्यवस्थापन समितिको बैठकमा प्रस्ताव लगेको थियो ।

विपद् व्यवस्थापन समितिले बुटवल उपमहानगरपालिकालाई जग्गा उपलब्ध गराउन कुनै बाधा नदेखिएको भन्दै सिफारिश गरेपछि बुटवल उपमहानगरपालिकाले भूमिसुधार मन्त्रालयमा जग्गा प्राप्तिको लागि प्रस्ताव लग्न बाटो खुलेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । नदी उकास क्षेत्रको ४२ बिघा जमिनमा बन्ने केन्द्रमा कृषि उपज संकलन, प्रशोधन, बिक्री वितरण र भण्डारण हुनेछ ।

नेपाल सरकारले नेदरल्याण्डस् सरकारलाई आधुनिक प्रविधियुक्त थोक कृषि बजार निर्माणको लागि अनुरोध गरेपछि सन् २०१९ डिसेम्बर १७ मा पहिलो र दोस्रो चरणको सम्भाव्यता अध्ययनको लागि अनुदान सम्झौता भएको थियो ।

सो बजारमा १ लाख मेट्रिक टन क्षमताको खाद्यान्न बालीको गोदाम राख्ने योजना छ । ५० हजार टन क्षमताको तरकारी, पशुपन्छी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहितको गोदाम घर, खाद्य, तरकारी, फलफूलको गुणस्तर निर्धारण गर्ने प्रयोगशाला, प्रशोधन केन्द्र र बीउ भण्डार गृह निर्माण गरिने प्रस्ताव छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ७ : ३८ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित