१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

गठबन्धनमा जोडिन बालुवाटारमा निवेदन



काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गठित पाँच दलीय गठबन्धनलाई ‘महागठबन्धन’को स्वरूप दिनेगरी छलफल अघि बढाइएको छ ।

स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनमा आबद्ध दल तालमेलसहित अघि बढेपछि आएको परिणाम हेरेर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनबाहिरका दलसमेत गठबन्धनमा जोडिने कसरतमा छन् ।

पछिल्लो समय गठबन्धनको एक घटक जसपाबाट अलग भएको डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीदेखि महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सम्म सत्तारूढ गठबन्धनसँग जोडिने पक्षमा छन् ।

भट्टराईले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेरै ‘गठबन्धनमै रहने’ चाहना व्यक्त गरेका थिए भने लोसपा नेतासँग पनि देउवाको बाक्लो भेटघाट भइरहेको छ ।

यसैगरी, नेकपा एमालेबाट अलग भएर बामदेव गौतमले नेतृत्व गरेको दल पनि सत्तारूढ गठबन्धनसँगै मिलेर आगामी निर्वाचनमा होमिने पक्षमा छ भने गौतमसँग छुटेर समाजवादी केन्द्र गठन गरेका युवराज सफलले आप्mनो समूहलाई ‘पाँच दलीय गठबन्धनमा समेट्न’ भन्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवासँग आग्रह गर्दै निवेदन नै दिएका छन् ।

सफलले मंगलबार विज्ञप्ति जारी गर्दै ‘प्रधानमन्त्री देउवा र कांग्रेस नेता रामचन्द्र पौडेलसँगको भेटमा पाँच दलीय सत्ता गठबन्धनमा सहभागी भई आगामी निर्वाचनमा जोडिने’ विषयमा छलफल भएको बताएका थिए । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ७ : १५ बजे

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

टस जितेर विराटनगरले रोज्यो बलिङ, चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा