१८ पुस २०८२, शुक्रबार | January 2, 2026

बैतडीको पाटन नगरपालिकाको निर्णय, महिला मात्रै उपभोक्ता समिति अध्यक्ष बन्न पाउने



बैतडी । बैतडीको पाटन नगरपालिकाले नगरभित्र सञ्चालन हुने योजनाका उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकले उपभोक्ता समितिको प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको उपमेयर कमलसिंह बोहराले बताए । नगर कार्यपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको उनको भनाइ छ ।

‘योजनाको अधिकम लाभग्राही महिला नै हुन्छन् । खानेपानी, बाटो, बर्थिंग सेन्टर जे बनाए पनि त्यसको बढी प्रयोगकर्ता महिला नै हुन्छन् । त्यसैले निर्माणको जिम्मेवारी समेत उनीहरूलाई दिँदा काम भरपर्दो हुन्छ । यसका साथै महिला इमान्दरीताका साथ काम गर्छन्,’ उनले भने ।

उपभोक्ता समिती गठनका क्रममा आफूहरू फिल्डमै उपस्थित भई महिलालाई अध्यक्ष बनाउन पहल गर्ने बोहराले बताए ।
नगरपालिका भित्र संचालन गरिने हरेक आयोजनाको काम प्रभावकारी ढंगले सम्पन्न गर्न पहल गर्ने उनले बताए ।

चैत मसान्त मसान्तभित्र सबै योजनाको काम सम्पन्न गरिसक्ने र काममा ढिलासुस्ती गर्ने उपझोक्ता समितिलाई भुक्तानी नदिने समेत उनले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  १० : १९ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको अवलोकन गरेकी छन्

कांग्रेसको महाधिवेशन २०८३ वैशाखमा प्रस्ताव, कार्यवाहक सभापति खड्काद्वारा विस्तृत कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५

रसुवागढीस्थित पुल सञ्चालनमा आएसँगै चिनियाँ समान ढुवानी सहज

रसुवा । रसुवागढीस्थित मितेरी पुल बगेको करिब छ महिनापछि सोही

स्व. ईश्वरी प्रसाद ज्ञवालीको स्मृतिमा दोस्रो राधाकृष्ण फुटसल प्रतियोगिता

बुटवल । स्व. ईश्वरी प्रसाद ज्ञवालीको स्मृतिमा मुख्य प्रायोजन गरेको