२३ बैशाख २०८३, बुधबार | May 7, 2026

कांग्रेसको महाधिवेशन २०८३ वैशाखमा प्रस्ताव, कार्यवाहक सभापति खड्काद्वारा विस्तृत कार्यतालिका सार्वजनिक



काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५ औँ महाधिवेशन आगामी २०८३ साल वैशाख महिनामा आयोजना गर्ने प्रस्ताव अघि सारेका छन् । पार्टीको केन्द्रीय कार्यसमितिमा प्रस्तुत प्रस्तावअनुसार महाधिवेशन वैशाख २८, २९, ३० र ३१ गते काठमाडौंमा सम्पन्न गर्ने योजना बनाइएको छ ।

खड्काले पार्टी संगठनलाई तल्लो तहदेखि नै सुदृढ बनाउने उद्देश्यसहित अधिवेशनहरूको विस्तृत कार्यतालिका पनि सार्वजनिक गरेका छन् । प्रस्तावित कार्यतालिकाअनुसार २०८२ साल चैत २१ गते गाउँ तथा नगर वडा अधिवेशन सञ्चालन गरिनेछ । त्यसपछि चैत २५ गते गाउँ/नगरपालिका अधिवेशन र चैत २८ गते प्रदेशसभा क्षेत्र अधिवेशन गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन अन्तर्गत एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा २०८३ वैशाख २ गते अधिवेशन गरिनेछ । दुई वा सोभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा भने २०८३ वैशाख ५ गते जिल्ला अधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।

त्यसैगरी प्रदेश अधिवेशनहरू २०८३ वैशाख १०, ११ र १२ गते सञ्चालन गर्ने कार्यतालिका पनि सार्वजनिक गरिएको छ । यसरी केन्द्रदेखि तल्लो तहसम्म क्रमबद्ध रूपमा अधिवेशन सम्पन्न गर्दै वैशाखको अन्त्यमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने तयारी रहेको खड्काले बताएका छन् ।

पार्टीभित्र लामो समयदेखि महाधिवेशनको मिति तय हुन नसकेको विषयमा चासो बढिरहेका बेला कार्यवाहक सभापति खड्काले ठोस मिति र कार्यतालिकासहित प्रस्ताव ल्याउनु राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ । अब यो प्रस्तावमाथि केन्द्रीय कार्यसमितिमा छलफल भई अन्तिम निर्णय हुने बताइएको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ५ : ३८ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा