१ बैशाख २०८३, मंगलबार | April 15, 2026

गुणस्तरहिन औषधी उत्पादन गर्ने मेग्नस फर्मा प्रालिलाई औषधि फिर्ता गर्न विभागको निर्देशन



काठमाडौँ । मेग्नस फर्मा प्रालि उत्पादन गरेको एक औषधी सेवा गर्न अयोग्य ठहरिएपछि औषधि व्यवस्था विभागले औषधि बिक्रीमा प्रतिबन्ध लगाउँदै बजारमा रहेको फिर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको छ । विभागले अज एक सूचना जारी गर्दै औषधि ‘लेभोफ्क्स-५००’ ट्याबलेट फिर्ता गर्न सूचना जारी गरेको हो ।

ब्याच नं ‘बिबी-२४००१’ को औषधि सेवन अयोग्य रहेको भन्दै विभागले बजारबाट फिर्ता गर्न भनेको हो । ब्याक्टेरिया सङ्क्रमण रोक्नलाई प्रयोग सो औषधि मेग्नस फर्मा प्रालिले उत्पादन गरेको हो । विभागले उक्त ब्याच नं उल्लेख भएका औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोगसमेत नगर्न र नगराउन सबैलाई अनुरोध गरेको छ ।

राष्ट्रिय औषधि प्रयोगशालाबाट बजारीकृत औषधिको नमुना सङ्कलन गरी परीक्षण गर्दा उत्पादकबाट उत्पादित ब्याच नं ‘बिबी-२४००१’ को ‘लेभोफ्क्स-५००’ औषधि न्यून गुणस्तर भएको पाइएकाले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी उक्त औषधि बजारबाट तुरुन्त फिर्ता गर्न र सोको वितरण विभागमा पेस गर्न उद्योगलाई निर्देशन गरेको हो । उद्योगका बजार प्रतिनिधिहरूका जानकारीका लागि विभागले सूचना प्रकाशित गरिएको जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ५ : ४५ बजे

खुसीपूर्वक मनाइयो नयाँ वर्ष २०८३ को प्रथम दिन

काठमाडौँ । आज विक्रम संवत् २०८३ वैशाख १ गते नयाँ

प्रधानमन्त्री शाहले बुधबार सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

नेपालगन्ज । बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या ८००

मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …..

काठमाडौँ । ललितपुर महानगरपालिका–२७ बस्ने एक जना महिलाले श्रीमान्लाई सामाजिक

नयाँ वर्षमा मस्त झुम्यो पोखरा

पोखरा । नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा