१ पुस २०८२, मंगलबार | December 17, 2025

सांस्कृतिक पर्वले नेपालीबीच एकता, सद्भाव अभिवृद्धिमा मद्दत पुर्‍याउछ : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सु-स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमार्फत धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धनले नेपालीहरुबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्‍याउने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले रक्षाबन्धन पर्वले सत्य, निष्ठा र धर्मको बाटो अवलम्बन गर्दै दृढ सङ्कल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

रक्षाबन्धन विशेषगरी हिन्दू ब्राम्हण तथा क्षत्रिय पुरुषहरुले परम्पराअनुसार यज्ञोपवित अर्थात् जनै लगाएर मनाउने पर्व भए पनि नेपालमा धेरै धार्मिक समुदायले यसलाई श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ । त्यसैगरी नेवा : संस्कृतिमा गुंपुन्ही नामले चिनिने यस पर्वमा नेपालका तराई क्षेत्रमा दाजुभाइ र दिदीबहिनीहरुले एक आपसमा राखी बाँधी आपसी भाइचारा, प्रेम र सद्भाव अभिवृद्धिका लागि शुभकामना आदानप्रदान गर्ने प्रचलन पनि रहिआएको उनले उल्लेख गरे ।

यसैगरी वर्ष दिनभित्रमा दिवङ्गत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवारी समुदाय रहेका विभिन्न ठाउँमा मनाउने गरिन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ८ : २९ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष