१३ बैशाख २०८३, आइतबार | April 26, 2026

माछापुच्छ्रे बैंकद्धारा भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्यु.आर.कोड हस्तान्तरण



काठमाडौ । माछापुच्छ्रे बैेंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई NCHLद्धारा प्रर्वद्धित नेपाल पे क्यु.आर. कोड हस्तान्तरण गरेको छ ।

नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा ग्राहक एव्म व्यापारीलाई सहज डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ उक्त नेपाल पे क्यु.आर. सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीन बहादुर गुरुङ्गलाई एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत  सर्जु कुमार थापा, नायब महा प्रबन्धक प्रसिद्ध राज अर्याल लगायतको पनि उपस्थिति रहेको थियो । नेपाल पे को क्यु.आर. सेवा सुरु भए संगै ग्राहकहरुले आफुले उपभोग गरेको बस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट (M-SMART (Mobile Banking Application of MBL) मार्फत भुक्तानी गर्न सक्नेछन् ।

आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु. आर. कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ ।

यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ९ : ५८ बजे

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न : अन्तरराष्ट्रिय फोटो सम्मेलन गरिँदै

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ

साहारा नभएका सुकुमवासीलाई होटलमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौँ । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई

बाँकेका १२ सामुदायिक वनमा डढेलो

नेपालगन्ज । बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक