२ पुस २०८२, बुधबार | December 18, 2025

लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने



लमजुङ । लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ । जर्मन सरकारको आर्थिक सहयोगमा नेपाल विद्युत् प्रधिकरणले सौर्य ऊर्जा उत्पादन गर्न लागेको हो ।

सौर्य ऊर्जा उत्पादनका निम्ति प्रारम्भिक काम सुरु भइसकेको छ । हाल कन्सलटेन्टसँग सम्झौताको तयारी भएको र आगामी पुस मसान्तसम्म सबै काम सम्पन्न गरी विद्युत् उत्पादन गरिने आयोजना प्रमुख प्रकाश साउदले बताए । उत्पादित सौर्य ऊर्जालाई मध्यमस्र्याङदीमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

सौर्य ऊर्जाबाट उत्पादित दुई मेगावाट डिसी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिँदा १ दशमलव ६ मेगावाट हुने आयोजनाले जनाएको छ । सौर्य ऊर्जाबाट विद्युत् उत्पादन भएसँगै जिल्लाबासी र राष्ट्रिय विद्युत वितरणमै ठूलो राहत पुग्ने आयोजनाको विश्वास छ ।

सौर्य विद्युत उत्पादनका निम्ति जर्मन सरकारले जर्मनी बैंक केफए डब्लूमार्फत नेपाल विद्युत प्राधिकरणलाई आर्थिक सहयोग गर्ने भएको हो । हाल विद्युत् उत्पादन हुँदै आएको ७० मेगावाट मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना पनि जर्मन सरकारकै सहयोगमा निर्माण भएको हो ।

बेसीसहर नगरपालिका–११ अन्तर्गत मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको स्वामित्वमा रहेको जग्गामा सोलार प्लेट राखी ऊर्जा उत्पादन गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

सौर्य ऊर्जा उत्पादनका लागि जलविद्युत् आयोजनाको स्वामित्वमा रहेको १८ हजार दुई सय १३ वर्ग किलोमिटर जमिन प्रयोगमा ल्याइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  २ : ०१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल