२१ बैशाख २०८३, सोमबार | May 4, 2026

झस्किँदै छन् चिया व्यवसायी



काठमाडौं । भारतको एक संसदीय समितिले नेपालसहित विभिन्न देशबाट आउने चियाको गुणस्तरका सम्बन्धमा प्रश्न उठाएपछि नेपाली चिया किसान तथा व्यवसायी चिन्तित बनेका छन् ।

भारतको विधान र लोक सभाले संयुक्त रूपमा गठन गरेको एउटा समितिले नेपालबाट निर्यात हुने चिया कम गुणस्तर भन्ने प्रतिवेदन संसद्मा प्रतिवेदन पेस गरेपछि व्यवसायी चिन्तित बनेका हुन् ।

समितिले निर्यातमा रोक लगाउने आशय देखिएपछि उद्योग व्यवसाय नै धराशायी हुने भन्दै उद्योगी व्यवसायी झस्किएका हुन् । नेपालमा उत्पादन भएको चिया ९० प्रतिशत भारतमा निर्यात हुने गर्छ ।

गोरखा टी स्टेट प्राइभेट लिमिटेडका अध्यक्ष उदय चापागाईंले भारतले नेपालको चियालाई कम गुणस्तरको देखाएर रोक लगाउने सङ्केत गरेको बताए । “नेपालको चिया उच्च गुणस्तरको छ । भारतकै प्रयोगशालाबाट परीक्षण गरेर निर्यात गरिरहेका छौँ,” उनले भने, “प्रमाणित नहुने निराधार आरोप लगाएर निर्यातलाई प्रतिबन्ध लगाउन खोजेको खोजिएको छ ।”

अहिले नेपालका विभिन्न १३ जिल्लामा २६ हजार हेक्टर क्षेत्रफलमा चियाखेती हुँदै आएको छ । नेपालबाट वार्षिक करिब चार अर्बको चिया निर्यात हुने गरेको छ । भारतले निर्यातमा प्रतिबन्ध लगाए चिया उद्योग व्यवसाय बन्द भई किसान प्रत्यक्ष मारमा पर्ने रहेको व्यवसायीको भनाइ छ । त्यति मात्र हैन भारतले रोक लगाउँदा नेपालबाट भारतबाहेक अन्य देशमा हुने चिया निर्यातमा समेत समस्या पर्ने व्यवसायीले बताएका छन् । नेपालको चियाले भारतीय बजारमा राम्रो उपस्थिति जनाएपछि कम गुणस्तर देखाएर निर्यात बन्द गर्ने सङ्केत देखिएको चापागाईंको भनाइ छ ।

चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले भारतले निर्यातमा प्रतिबन्ध लगाउने गरी कम गुणस्तरको देखाएर संसद्मा प्रतिवेदन पेस गरेको बताए । “भारतकै प्रयोगशालामा परीक्षण गर्दा नेपालको चिया उच्च गुणस्तरको देखिएको छ ।

निर्यातमा प्रतिबन्ध लगाउने गरी असत्य र भ्रामक फैलाउन कम गुणस्तरको भन्ने प्रतिवेदन पेस गरिएको छ, यसको खण्डन गरिरहेका छौँ,” उनले भने । यस विषयमा कूटनीतिक पहल गर्नका लागि प्रधानमन्त्री, अर्थमन्त्रीदेखि वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराएको भट्टराईले जानकारी दिए । नेपालको चिया कम गुणस्तरको हो भन्ने भनाइ सत्य नभएको भनेर वाणिज्य मन्त्रालयमार्फत कूटनीतिक पहल गर्न पत्राचार गरिएको उनले बताए ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले चियाको विषयमा पछिल्लो समय चलेको चर्चाका विषयमा मन्त्रालयले जानकारी लिने प्रयास गरिरहेको जानकारी दिए ।

बोर्डका अनुसार आर्थिक वर्ष २०७७/७८ मा वर्ष तीन अर्ब ७९ करोड ७१ लाख रुपियाँको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको थियो । यसैगरी आव २०७६/७७ मा दुई अर्ब ७८ करोड रुपियाँ बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएको थियो ।

नेपालमा उत्पादन भएको चिया छिमेकी मुलुक भारतसँगै अन्य तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । मुलुकमा उत्पादित चिया ९० प्रतिशत भारतमा निर्यात हुने गर्छ ।

पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुरलगायतका जिल्लामा ठूलो क्षेत्रफलमा चिया खेती हुने गरेको छ । यसबाहेक अन्य जिल्लामा पनि चिया खेती विस्तार हुँदै गएको छ । अहिले नेपालमा चियासँग सम्बन्धित उद्योगमा १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक कार्यरत छन् । आजको गोरखापत्र दैनिकमा लक्ष्मी सापकोटाले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ६ : ५४ बजे

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा

बुटवलमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण : एकैदिन २२६ जनाको जाँच

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

पन्ध्रदिने मूर्तिकला कार्यशाला सम्पन्न

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही

बुटवलबाट ४३ लाख बढीको भेपसहित १ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट ठुलो परिमाणमा हुक्काको भेप सहित

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा