५ श्रावण २०८३, मंगलबार | July 22, 2026

नागढुंगा सुरुङमार्ग ६० प्रतिशत टनेलको काम सकियो



काठमाडौं । राजधानीबाट बाहिरिने-भित्रने मुख्य नाका नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सकिएको छ ।

आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार समग्रमा करिब ४१ प्रतिशत भौतिक र ४७ प्रतिशत वित्तीय प्रगति भएको छ । सुरुङमार्गको मुख्य टनेल २६ सय ८८ मिटर निर्माण गर्नुपर्नेमा १४ सय ७५ मिटर सम्पन्न भएको छ । जसमा पूर्वतर्फ ७ सय ७० मिटर तथा दक्षिणतर्फ ७ सय ५ मिटर छ ।

इभाकुएसन टनेलतर्फ २५ सय ५७ मिटर निर्माण गर्नुपर्नेमा पूर्वतर्फ ९ सय २१ र दक्षिणतर्फ ६ सय ९२ गरी १६ सय १३ मिटर सम्पन्न भएको छ ।

त्यस्तै, क्रस प्यासेजतर्फ १ सय २८ मिटर निर्माण गर्नुपर्नेमा पूर्वतर्फ ३२ र दक्षिणतर्फ ३० गरी ६२ मिटर काम सकिएको छ । समग्रमा ५ हजार ४ सय ९९ मिटर निर्माण सम्पन्न गर्नुपर्नेमा ३ हजार २ सय ७६ मिटर अर्थात् ६० प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख शाक्य बताउछन् । जसमा पूर्वतर्फ १७ सय २३ र दक्षिणतर्फ १५ सय ५३ मिटर छ ।

आयोजनाअनुसार तीन अन्डरपासमध्ये दुई र बक्स कल्भर्ट चारै निर्माण शतप्रतिशत सम्पन्न भएको छ । एउटा ओभर पास र तीन पुल निर्माण कार्यसमेत सकिएको आयोजनाले जनाएको छ ।

कोभिडलगायत कारण सुरुवाती चरणमा आयोजना केही ढिला हुन गए पनि अहिले ‘फुल फ्लेज’मा काम भइरहेको छ । दुवैतिरको पोर्टल गरी दैनिक ५ सय ४० जनाले काम गरिरहेका छन् ।

४२ महिनामा सम्पन्न गर्नेगरी २०७६ कात्तिकमा आयोजना निर्माण सुरु भएको हो । जापानी निर्माण संस्था हाजमा आंदो कर्पोरेसनबीच २०७६ असोजमा सम्झौता भएको थियो । कोभिडलगायत कारण आयोजनाको म्याद थप पनि गरिएको छ ।

नागढुंगा सुरुङमार्ग जापान सरकारको सहयोगमा जापानी कम्पनीद्वारा निर्माण भइरहेको राष्ट्रिय प्राथमिकताको आयोजना हो । नागढुंगा-नौबिसे सुरुङमार्गका लागि जापानी सहयोग नियोगले १६ अर्ब सहुलियत ऋण सहयोग दिएको छ ।

सो ऋण ४० वर्षमा तिरिसक्नुपर्नेछ भने ब्याज शून्य दशमलव शून्य एक (०.०१) प्रतिशत रहेको छ । २२ अर्ब लागत अनुमान गरिएको आयोजना ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट बेहोर्नेछ । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ७ : २३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं