८ बैशाख २०८१, शनिबार | April 20, 2024

नागढुंगा सुरुङमार्ग ६० प्रतिशत टनेलको काम सकियो



काठमाडौं । राजधानीबाट बाहिरिने-भित्रने मुख्य नाका नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सकिएको छ ।

आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार समग्रमा करिब ४१ प्रतिशत भौतिक र ४७ प्रतिशत वित्तीय प्रगति भएको छ । सुरुङमार्गको मुख्य टनेल २६ सय ८८ मिटर निर्माण गर्नुपर्नेमा १४ सय ७५ मिटर सम्पन्न भएको छ । जसमा पूर्वतर्फ ७ सय ७० मिटर तथा दक्षिणतर्फ ७ सय ५ मिटर छ ।

इभाकुएसन टनेलतर्फ २५ सय ५७ मिटर निर्माण गर्नुपर्नेमा पूर्वतर्फ ९ सय २१ र दक्षिणतर्फ ६ सय ९२ गरी १६ सय १३ मिटर सम्पन्न भएको छ ।

त्यस्तै, क्रस प्यासेजतर्फ १ सय २८ मिटर निर्माण गर्नुपर्नेमा पूर्वतर्फ ३२ र दक्षिणतर्फ ३० गरी ६२ मिटर काम सकिएको छ । समग्रमा ५ हजार ४ सय ९९ मिटर निर्माण सम्पन्न गर्नुपर्नेमा ३ हजार २ सय ७६ मिटर अर्थात् ६० प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख शाक्य बताउछन् । जसमा पूर्वतर्फ १७ सय २३ र दक्षिणतर्फ १५ सय ५३ मिटर छ ।

आयोजनाअनुसार तीन अन्डरपासमध्ये दुई र बक्स कल्भर्ट चारै निर्माण शतप्रतिशत सम्पन्न भएको छ । एउटा ओभर पास र तीन पुल निर्माण कार्यसमेत सकिएको आयोजनाले जनाएको छ ।

कोभिडलगायत कारण सुरुवाती चरणमा आयोजना केही ढिला हुन गए पनि अहिले ‘फुल फ्लेज’मा काम भइरहेको छ । दुवैतिरको पोर्टल गरी दैनिक ५ सय ४० जनाले काम गरिरहेका छन् ।

४२ महिनामा सम्पन्न गर्नेगरी २०७६ कात्तिकमा आयोजना निर्माण सुरु भएको हो । जापानी निर्माण संस्था हाजमा आंदो कर्पोरेसनबीच २०७६ असोजमा सम्झौता भएको थियो । कोभिडलगायत कारण आयोजनाको म्याद थप पनि गरिएको छ ।

नागढुंगा सुरुङमार्ग जापान सरकारको सहयोगमा जापानी कम्पनीद्वारा निर्माण भइरहेको राष्ट्रिय प्राथमिकताको आयोजना हो । नागढुंगा-नौबिसे सुरुङमार्गका लागि जापानी सहयोग नियोगले १६ अर्ब सहुलियत ऋण सहयोग दिएको छ ।

सो ऋण ४० वर्षमा तिरिसक्नुपर्नेछ भने ब्याज शून्य दशमलव शून्य एक (०.०१) प्रतिशत रहेको छ । २२ अर्ब लागत अनुमान गरिएको आयोजना ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट बेहोर्नेछ । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ७ : २३ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन