४ बैशाख २०८१, मंगलबार | April 16, 2024

‘मिस यूनिभर्स नेपाल’ मा २० सुन्दरी



काठमाडौं । अगष्टको २५ तारिखमा काठमाडौंमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना युवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।

‘मिस यूनिभर्स नेपाल’मा विपना अधिकारी, दीक्षा खाती, आकृति मानन्धर, सामना कार्की, प्रियांशु महत्त, श्रृष्टि हाडा, जाश्मिन खड्का, मोनिका चौधरी, अनु अनमोल क्षेत्री, श्रृष्टी तामाङ्ग, मोनालिजा पराजुली, रिजु खड्का, डाक्टर आयुष्नोभा ढुंगाना क्षेत्री, मेनुका चौधरी, सोफिया भुजेल, रजनी मिश्रा, रुप्सी श्रेष्ठ, प्रतिभा महर्जन र आश्मा केसी सहभागी छन् ।

उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सोझै प्रतिस्पर्धा गर्न पाउनेछन् ।यसबर्षको ‘मिस यूनिभर्स नेपाल’को विजेताले १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने निर्देशक नग्मा श्रेष्ठले जानकारी दिइन् ।

यस्तै, विजेताले ७१ औं श्रृङ्खलाको ‘मिस यूनिभर्स’मा समेत भाग लिन पाउनेछन् ।

निर्देशक नग्मा श्रेष्ठले आउँदो वर्षदेखि भने यो प्रतियोगीतामा विवाहित, गर्भवती र आमा भइसकेका तथा सम्बन्धविच्छेद गरेका महिलाहरूले समेत सहभागिता जनाउन पाउने बताइन् ।

‘मैले सधै नै मिस यूनिभर्सलाई मन पराउनुको एउटै कारण भनेको यसमा लागु हुने समावेशिता हो । आउँदो वर्षदेखि लागू हुने गरि गरिएको परिवर्तन साहसी, सशक्त र सुन्दर नेपाली महिलाहरुका लागि लागु हुनेमा विश्वास लिएकी छु,’ उनले भनिन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ११ : ५९ बजे

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि

२३ किलो चरेस सहित रुकुमका बमबहादुर पुन बर्दियाबाट पक्राउ

बर्दिया । बर्दियाको फुटाहा स्थित नेपाल भारत सीमाको दशगजा नजिकैबाट

आजबाट भैरहवामा माछापुच्छ्रे बैंकले आफ्नै भवनबाट सेवा प्रबाह

बुटवल । माछापुच्छ्रे बैंकले रुपन्देहीको भैरहवामा आफ्नै भवनबाट सेवा दिन

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई बिशेष छुट

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूले स्काइवाक टावरको अवलोकन भ्रमण

२ सय ७२ किलो गाँजासहित कन्टेनर र चालक नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरीले २७२ किलो गाजासहित ट्रक र चालकलाई