१५ बैशाख २०८१, शनिबार | April 27, 2024

राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा राई



काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को २६ साउनमा बसेको बैठकले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईँलाई नियुक्त गरिसकेको छ ।

कार्यबाहक मुख्य प्रशिक्षक हुमागाईसँगको सल्लाहपछि राई र डंगोललाई नियुक्त गरिएको हो । सहायक प्रशिक्षक राई नेपाल सुपर लिग ९एनएसएल०का लागि धनगढी एफसीका मुख्य प्रशिक्षक हुन् । यस्तै, डंगोल ए डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दी क्लबका गोलकिपर प्रशिक्षक हुन् ।

एन्फाको २६ साउनको बैठकले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा भएका बेला बैठकले हुमागाईलाई कार्यबाहक प्रशिक्षक नियुक्त गरेको थियो । यसअघि अब्दुल्लाहसँग किरण श्रेष्ठले सहायक प्रशिक्षक तथा विकास मल्लले गोलकिपर प्रशिक्षकको जिम्मेवारी निभाएका थिए ।

एएफसी एसियन कप छनोटपछि अब्दुल्लाह बिदामा छन् । त्यसयता उनले २६ खेलाडीलाई बंगलादेशबिरुद्द प्रशिक्षणका लागि बोलाउन एन्फा सचिवालयलाई अनुरोध गरेका थिए ।

तर, एन्फाले विवादमा तानिएका प्रशिक्षक अब्दुल्लाहको विकल्प खोजेको छ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : ०५ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको