१० चैत्र २०८२, मंगलबार | March 24, 2026

पाँच तहको कमान्ड तहगत रूपमा नै रणनीति बनाइँदै



काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि केन्द्रदेखि प्रदेश हुँदै जिल्लासम्म पाँच तहको सुरक्षा कमान्ड गठन गरेको छ । गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समितिको सोमबार बसेको बैठकले ‘सुरक्षा कमान्ड’ गठन गरेको हो ।

निर्वाचन सुरक्षा योजना बनाउन केन्द्रदेखि प्रदेश र जिल्लासम्मको चार तह र सुरक्षा निकायबाट समेत केन्द्रदेखि जिल्लासम्म छुट्टै निर्वाचन ‘सेल’ गठन गर्ने रणनीतिसमेत बनाइएको छ ।

केन्द्रमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमान्ड पोस्ट’ र गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ‘केन्द्रीय संयुक्त निर्वाचन सेल’ गठन गरिएको हो ।

यी कमान्डले निर्वाचनका लागि आवश्यक रणनीति बनाउनेदेखि सुरक्षा चुनौती विश्लेषण, सुरक्षाकर्मी परिचालन तथा आवश्यक व्यवस्थापनका लागि योजना प्रस्तुत गर्नेसम्मको काम गर्नेछन् ।

गृह मन्त्रालय प्रवक्तासमेत रहेका केन्द्रीय संयुक्त निर्वाचन सेल संयोजक पोखरेलका अनुसार प्रदेश तहमा प्रदेश मुख्य सचिव नेतृत्वमा रहनेगरी ‘प्रदेश कमान्ड’ र जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वमा ‘जिल्ला निर्वाचन कमान्ड’ गठन गर्ने निर्णय भएको छ ।

यसैगरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागलाई समेत तहगत रूपमा आवश्यकताअनुसार ‘निर्वाचन सुरक्षा कमान्ड’ गठन गरी आवश्यक रणनीति बनाउन र योजना पेस गर्न निर्देशन दिइएको छ ।

बैठकमा आगामी ४ मंसिरमा तय प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि स्थानीय तहमा खटाइएभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्नुपर्ने विषयमा छलफल भएको छ ।

‘स्थानीय तह निर्वाचनमा खटाइएभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्नुपर्छ भन्ने राय बैठकमा आएको छ, थप रणनीति बन्दै छ,’ गृह मन्त्रालयका प्रवक्ता पोखरेलले राजधानीसँग भने, ‘पहिलेभन्दा बढी सुरक्षाकर्मी आगामी निर्वाचनमा परिचालन हुने छन् ।’

नेपाल प्रहरीले केन्द्रदेखि प्रदेश र जिल्लासम्म नै निर्वाचन ‘सेल’ गठन गरिसकेको छ । केन्द्रमा रहने केन्द्रीय निर्वाचन सेल नेतृत्व प्रहरी प्रधान कार्यालयले कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० सहकुल थापालाई सुम्पेको छ । थापा नेतृत्वमा रहने केन्द्रीय निर्वाचन सेलले देशभरको सुरक्षा अवस्था विश्लेषण गर्दै आवश्यक योजना बनाउनेछ ।

यसैगरी, सशस्त्र प्रहरीलेसमेत कार्य तथा सीमा सुरक्षा विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० चन्द्रप्रकाश गौतम नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेको छ ।

गौतम नेतृत्वको सेलले निर्वाचनका लागि जनशक्ति बाँडफाँट, निर्वाचन सुरुक्षा तयारी, निर्वाचनलक्षित शान्ति सुरक्षा व्यवस्थापनलगायत काम गर्नेछ ।

केन्द्रीय सुरक्षा समितिको सोमबार बसेको बैठकमा गृहसचिव पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख यदुलाल खरेल, मन्त्रालयका प्रशासन तथा सुरक्षा विज्ञ सुनिल खनाल, प्रवक्ता पोखरेल, नेपाल प्रहरीका नायब महानिरीक्षक वसन्त कुँवर, मन्त्रालयको शान्ति सुरक्षा शाखा प्रमुख उपसचिव वसन्त भट्टराईलगायत सहभागी थिए । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ८ : ०० बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी