७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

पाँच तहको कमान्ड तहगत रूपमा नै रणनीति बनाइँदै



काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि केन्द्रदेखि प्रदेश हुँदै जिल्लासम्म पाँच तहको सुरक्षा कमान्ड गठन गरेको छ । गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समितिको सोमबार बसेको बैठकले ‘सुरक्षा कमान्ड’ गठन गरेको हो ।

निर्वाचन सुरक्षा योजना बनाउन केन्द्रदेखि प्रदेश र जिल्लासम्मको चार तह र सुरक्षा निकायबाट समेत केन्द्रदेखि जिल्लासम्म छुट्टै निर्वाचन ‘सेल’ गठन गर्ने रणनीतिसमेत बनाइएको छ ।

केन्द्रमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमान्ड पोस्ट’ र गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ‘केन्द्रीय संयुक्त निर्वाचन सेल’ गठन गरिएको हो ।

यी कमान्डले निर्वाचनका लागि आवश्यक रणनीति बनाउनेदेखि सुरक्षा चुनौती विश्लेषण, सुरक्षाकर्मी परिचालन तथा आवश्यक व्यवस्थापनका लागि योजना प्रस्तुत गर्नेसम्मको काम गर्नेछन् ।

गृह मन्त्रालय प्रवक्तासमेत रहेका केन्द्रीय संयुक्त निर्वाचन सेल संयोजक पोखरेलका अनुसार प्रदेश तहमा प्रदेश मुख्य सचिव नेतृत्वमा रहनेगरी ‘प्रदेश कमान्ड’ र जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वमा ‘जिल्ला निर्वाचन कमान्ड’ गठन गर्ने निर्णय भएको छ ।

यसैगरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागलाई समेत तहगत रूपमा आवश्यकताअनुसार ‘निर्वाचन सुरक्षा कमान्ड’ गठन गरी आवश्यक रणनीति बनाउन र योजना पेस गर्न निर्देशन दिइएको छ ।

बैठकमा आगामी ४ मंसिरमा तय प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि स्थानीय तहमा खटाइएभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्नुपर्ने विषयमा छलफल भएको छ ।

‘स्थानीय तह निर्वाचनमा खटाइएभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्नुपर्छ भन्ने राय बैठकमा आएको छ, थप रणनीति बन्दै छ,’ गृह मन्त्रालयका प्रवक्ता पोखरेलले राजधानीसँग भने, ‘पहिलेभन्दा बढी सुरक्षाकर्मी आगामी निर्वाचनमा परिचालन हुने छन् ।’

नेपाल प्रहरीले केन्द्रदेखि प्रदेश र जिल्लासम्म नै निर्वाचन ‘सेल’ गठन गरिसकेको छ । केन्द्रमा रहने केन्द्रीय निर्वाचन सेल नेतृत्व प्रहरी प्रधान कार्यालयले कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० सहकुल थापालाई सुम्पेको छ । थापा नेतृत्वमा रहने केन्द्रीय निर्वाचन सेलले देशभरको सुरक्षा अवस्था विश्लेषण गर्दै आवश्यक योजना बनाउनेछ ।

यसैगरी, सशस्त्र प्रहरीलेसमेत कार्य तथा सीमा सुरक्षा विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० चन्द्रप्रकाश गौतम नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेको छ ।

गौतम नेतृत्वको सेलले निर्वाचनका लागि जनशक्ति बाँडफाँट, निर्वाचन सुरुक्षा तयारी, निर्वाचनलक्षित शान्ति सुरक्षा व्यवस्थापनलगायत काम गर्नेछ ।

केन्द्रीय सुरक्षा समितिको सोमबार बसेको बैठकमा गृहसचिव पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख यदुलाल खरेल, मन्त्रालयका प्रशासन तथा सुरक्षा विज्ञ सुनिल खनाल, प्रवक्ता पोखरेल, नेपाल प्रहरीका नायब महानिरीक्षक वसन्त कुँवर, मन्त्रालयको शान्ति सुरक्षा शाखा प्रमुख उपसचिव वसन्त भट्टराईलगायत सहभागी थिए । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ८ : ०० बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी