७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नवौं राष्ट्रिय खेलकूदको कार्यतालिका यस्तो छ



पोखरा । गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेश खेलकूद परिषद् गण्डकीले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

परिषद्ले प्रदेशका ११ वटै जिल्लाका खेलकूद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखको छलफलपछि कार्यतालिका सार्वजनिक गरेको हो ।

नवौँ राष्ट्रिय खेलकूदको तयारीमा रहेको परिषद्ले दुई चरणमा विभाजन गरी खेलाडी छनोट गर्ने भएको परिषद्का सदस्य एवं प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए । पहिलो चरणमा १४ खेललाई विशेष प्रशिक्षणसहित सोझै छनोट गरिने छ भने २२ खेलको जिल्ला छनोट हुनेछ ।

परिषद्ले पहिलो चरणमा आगामी भदौ ३ गतेदेखि १४ खेलको विशेष प्रशिक्षणसहित खेलाडी छनोट प्रतियोगिता कास्की, नवलपुर, स्याङजा र बागलुङमा सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी २० दिनका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो-खो, हक्की, फेन्सिङ, स्विमिङ, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी छन् ।

यसैगरी अन्य २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता आगामी भदौ ९ देखि १२ गतेसम्म सञ्चालन हुनेछ । विशेष प्रशिक्षण र जिल्ला छनोटपश्चात् पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट गर्न तालिका तय गरिएको संयोजक क्षेत्रीले जानकारी दिए । भदौ १५ गते भव्य कार्यक्रमबीच प्रदेश छनोटलाई ‘स्टेट गेम्स’को रुपमा ‘ब्राण्डिङ’ गरी अघि बढाइने परिषद्ले जनाएको छ ।

आगामी भदौ १५ गते देखि सुरु हुने अन्तिम छनोटमा २२ खेलका लागि तीन हजारभन्दा बढी खेलाडी पोखरा आउने छन् । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल समावेश गरिएको छ ।

गण्डकीबाट ३८ खेलमा सात सयभन्दा बढी खेलाडीले सहभागिता जनाउने छन् । छनोट भएका खेलाडीलाई आगामी भदौ २६ देखि असोज २६ गतेसम्म आवासीय सुविधासहित बन्द प्रशिक्षणमा राखिने परिषद्ले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ७ : २२ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने