४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेदरल्यान्डविरुद्ध पाकिस्तानको जित



काठमाडौं । नेदरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा पाहुना टोली पाकिस्तान १६ रनले विजयी भएको छ ।

योसँगै तीन खेलको शृंखलामा पाकिस्तानले १० को अग्रता बनाएको छ ।मंगलबार राति पाहुना टोली पाकिस्तानले दिएको ३१५ रनको लक्ष्य नेदरल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २९८ रन मात्र बनाउन सक्यो।

नेदरल्यान्डका स्कट एडवार्डले सर्वाधिक ७१ रन बनाए । यस्तै,बिक्रमजित सिंह र टम कपुरले समान ६५ रनको योगदान गरे । पाकिस्तानका हरिस राउफ तथा नसिम शाहले समान तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३१४ रन बनायो ।

यसका फकर जमानले सर्वाधिक १०९ रन बनाए । यस्तै, कप्तान बाबर अजामले ७४ रन र सादाव खानले अविजित ४८ को योगदान गरे । नेदरल्यान्डका लोगान भान विक तथा बास डि लिडीले समान दुई विकेट लिए ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  ७ : ४५ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज