१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपालले क्यानडालाई दियो जितका लागि दुई सय २५ रनको लक्ष्य



काठमाडौं । क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानडालाई जितका लागि दुई सय २५ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय २४ रनको योगफल बनायो ।

नेपालका लागि सर्वाधिक रन कुशल भुर्तेलले जोडे । उनले ५८ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ६२ रन बनाए । खेलमा ४८ रन बनाउँदा नेपालले पहिलो विकेटको रुपमा आशिफ शेखलाई गुमाउनपुग्यो । सुरुआती ब्याट्सम्यान आशिफ २४ बलमा आठ रन जोड्दै आउट भए । उनी नौ ओभर एक बलमा उदय भागवानको बलमा नवनीत धलिवालबाट क्याच आउट भएका थिए ।

त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नेपाली टोलीका कप्तान रोहित पौडेल आठ रनमा आउट भए । उनी १४ ओभर तीन बलमा ईश्वर ज्योति सोहीको बलमा हर्ष थेकरबाट क्याच आउट हुन पुगे । नेपालले तेस्रो विकेटको रुपमा अर्का ओपनर कुशल भुर्तेललाई गुमायो । नेपालका लागि अर्धशतकीय इनिङ्स खेलेका उनले ६२ जोडे ।

त्यसपछि चौथो विकेटको रूपमा नेपालले भीम सार्कीलाई गुमायो । भीमले २६ बल खेल्दै दुई चौकाको मद्दतमा १७ रन जोडे । कुशल मल्ल ३२ बलमा एक चौका र एक छक्काको मद्दतमा २० रन बनाउँदै आउट भए । कुशल हर्ष थेकरको बलमा निकोलस किर्तनबाट क्याच आउट भएका हुन् ।

त्यसैगरी नेपालले छैटौँ विकेटको रुपमा आरिफ शेखलाई गुमायो । आरिफले ५० बलमा चार चौकासहित ३८ रन बनाए । त्यसपछि पवन सर्राफ आउट भए । उनले ३४ बलमा एक चौका प्रहार गर्दै १५ रन बनाए । उनी ४१ ओभर एक बलमा शाहिद अहमदजाइको बलमा आउट भए । खेलको ४८ ओभर पाँच बलमा सोमपाल कामी उदय भागवानको बलमा परगत सिंहबाट क्याच आउट भए ।

उनन्चास ओभर पाँच बलमा नेपालले नवाँै विकेटको रूपमा रिजन ढकाललाई गुमायो । उनी चार बलमा चार रन जोड्दै ईश्वरजोतको बलमा आउट भए । त्यसैगरी नेपालले अन्तिम विकेटको रुपमा ललित राजवंशीलाई गुमायो । ललित खेलको अन्तिम बलमा रनआउट हुन पुगे ।

बलिङतर्फ क्यानडाका उदय भागवानले तीन विकेट लिए भने साद विन जफर र इश्वरजित सोहीले समान दुईरदुई विकेट लिए । त्यस्तै हर्श थाकर र शाहिद अहमदजाइले समान एकरएक विकेट झारे ।

आगामी फागुनमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि नेपालले क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो । नेपालले क्यानडासँग दोस्रो खेल यही माघ २७ गते खेल्नेछ भने माघ २९ गते तेस्रो खेल खेल्नेछ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  १ : ५६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान