२३ बैशाख २०८१, आइतबार | May 5, 2024

फोहोर झमेलाः बन्चरेडाँडामा उस्तै तनाव



काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापन विषयमा बन्चरेडाँडा ल्यान्डफिल्ड साइट मंगलबार दिनभरि तनावग्रस्त बनेको छ । विभिन्न मागसहित स्थानीयले फोहोर बोकेका गाडी अवरोध गरे भने सरकारले प्रहरी प्रशासनको सहयोगमा बलजफ्ती फोहोर विसर्जन गर्ने कदम चाल्यो ।

स्थानीय र प्रहरीबीच दिनभर नै स्थिति तनावपूर्ण रह्यो । बाटोबाटोमा प्रहरी खटाएर फोहोर विसर्जन प्रयास गरिए पनि डाँडा, खेत, पाखामा बसेका स्थानीयले ढुंगा बोकेर अवरोध गरिरहे । प्रहरीले डाँडामा भेला भएर ढुंगा हान्ने स्थानीयलाई तितरबितर पार्दै फोहोर व्यवस्थापन गरेको छ ।

प्रहरीले बलजफ्ती फोहोर फाल्न खोज्दा झडपको स्थिति आएको हो । झडपक्रममा प्रहरीको अश्रुग्यास लागेर एक स्थानीयवासी घाइते भएका छन् । धुनिबेंसी–१ चिलाउनेका करिब २६ वर्षीय कमल तामाङ प्रहरीको अश्रुग्यासको सेल लागेर घाइते भएका हुन् ।

प्रहरीले प्रहार गरेको अश्रुग्यासको सेल आँखाको माथिल्लो भागमा लागेको छ । स्थानीयले भने अश्रुग्याँस नभएर प्रहरीले गोली चलाएको दाबी गरेका छन् । महानगरपालिकाका अनुसार मंगलबार १ सय ८६ गाडीले बन्चरेडाँडामा फोहोर विसर्जन गरेका छन् ।

नेपाली कांग्रेसका स्थानीय नेतासमेत रहेका सिसडोल-बन्चरे डाँडा संघर्ष समिति अध्यक्ष श्रीराम ढुंगाना आफूहरूले विरोध नगरेको बताउ“छन् । सरकारलाई काम गर्न ‘तीन महिना समय दिने’ भनेर आन्दोलन फिर्ता लिइसकेकाले माग सम्बोधन नभए मात्र आन्दोलनमा उत्रने उनको भनाइ छ ।

यसअघि, धादिङ धुनिवेंशी नगरपालिका-१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केन्द्र अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादी अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै ‘बन्चरेडाँडामा फोहोर फाल्न नदिने’ घोषणा गरेका थिए । अहिले उनीहरूकै अगुवाइमा आन्दोलन भइरहेको हो ।

काठमाडौं महानगरपालिकाका अनुसार स्थानीयका ‘एउटा समस्या हल गर्नेबित्तिकै अर्को समूह सडकमा उत्रिएर आन्दोलन गर्ने गरेका कारण फोहोर व्यवस्थापनमा समस्या हुने’ गरेको छ ।

यसअघि, ल्यान्डफिल्ड साइटमा रातको समय रोकेर राखेको फोहोर बोक्ने गाडीमाथि आक्रमण भएको थियो । त्यसपछि केही दिन फोहोर उठाउन अवरोध भएकोमा आइतबारदेखि पुनः उठाउन थालिएको थियो ।

काठमाडौंको फोहोर व्यवस्थापन गर्न फोहोर बोकेका ट्रक आइतबार काठमाडौं तारकेश्वर नगरपालिका-३ का स्थानीयले नै अवरोध गरेका थिए । ‘खानेपानी मुहानमा फोहोर फालेको’ भन्दै गाडी रोकेपछि बन्चरेडाँडा गएका गाडी रोकिए । फोहोर हटाउने र जनप्रतिनिधि र प्रहरीको सक्रियतामा फोहोर फाल्ने चालक पहिचान गरी कारबाही प्रक्रिया अघि बढेपछि अवरोध हटेको थियो ।

काठमाडौंको अवरोध हटे पनि लगत्तै ककनी गाउँपालिकास्थित कागती गाउँमा गाडीको ठक्करबाट ‘बाख्रा मरेको’ भन्दै आइतबार नै फेरि अवरोध भएको थियो । बाख्रा क्षतिपूर्ति दिने सहमतिपछि सो ठाउँको अवरोध हटे पनि पुनः धुनिवेंशीमा तीन दलको अगुवाइमा फोहोर बोकेका गाडीलाई अवरोध गर्ने काम हुँदै आएको छ । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ७ : ५२ बजे

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ

भारतसँग जोडिएका सिरहाका सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारत असन्तुष्ट

काठमाडौं। सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका-७