२४ श्रावण २०८३, आइतबार | August 9, 2026

माथिल्लो दोर्दी ए निर्माण सम्पन्न, प्रसारण लाइन नबन्दा विद्युत उत्पादन भएन



लमजुङ । लमजुङको दोर्दी खोलामा निर्माणधिन २५ मेगावाट माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ ।

लिबर्टी इनर्जीद्वारा निर्मित सो आयोजना निर्माण पूरा गरी संरचना परीक्षणसमेत सकिएको छ । सम्मूर्ण काम सकिए पनि प्रसारण लाइन नहुँदा विद्युत उत्पादन हुन सकेको छैन ।

दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको आयोजनाको हेडवक्ससँगै बाँधक्षेत्र, पावरहाउस, इलेक्ट्रोमेकानिकललगायत संरचना निर्माण सम्पन्न भइसकेको छ । असोज २०७१ सालबाट निर्माण थालिएको यो आयोजनाले असोजमसान्त २०७४ देखि व्यावसायिक विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको थियो । तर पटक–पटक निर्माण कार्य प्रभावित हुँदँ निर्धारित समयमा पूरा हुन सकेन ।

आयोजनाबाट उत्पादित विद्युत दोर्दी करिडोरको १३२ केभी राष्ट्रिय प्रसारण लाइनबाट मर्स्याङ्दी करिडोरको २२० केभी प्रसारण लाइनमा जोडिनेछ । तर, राष्ट्रिय विद्युत प्रसारण लाइन निर्माण सम्पन्न नहुँदा विद्युत उत्पादन गर्न नपाइएको आयोजनाले जनाएको छ ।

अघिल्लो वर्षको असारमा आएको बाढीले क्षति पुर्‍याएको सो आयोजनामा मर्मत सकिएसँगै संरचना परीक्षण गरिएको आयोजना प्रवर्द्धक राजेन्द्र वस्तीले बताए । आयोजनामा टनेल, इनटेन्कलगायतका संरचना परीक्षण गरिएको र अब विद्युत उत्पादन गर्न मात्रै बाँकी रहेको वस्तीले बताए ।

सो आयोजना विनासकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र पटक पटक बाढीका कारण निर्माणअवधि लम्बिँदै आएको हो । हाल आयोजनाको बाँधस्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युतगृहमा पुर्‍याई विद्युत उत्पादनको तयारी भएको छ ।

आयोजनाको चार अर्ब ६३ करोडभन्दा बढी रकम लागत रहेको छ । १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा पेल्टन टर्बाइन रहेको यस आयोजनामा हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र बर्खाको समयमा चार रुपैयाँ ८० पैसा रहने गरी प्रवर्द्धन कम्पनी लिबर्टी र विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता ९पीपीए०भएको छ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  २ : ११ बजे

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म हुने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

उन्नाइसौँ पुस्तकालय दिवस भदौ १५ गते

काठमाडौं । उन्नाइसौँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौं । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

काठमाडौं । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।