३ असार २०८३, बुधबार | June 17, 2026

माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण



काठमाडौ । देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ”लाई क्युआर कोड हस्तान्तरण गरेको छ ।

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा  बैंकले “नेपाल नाई संघ”लाई क्युआर कोड हस्तान्तरण गरेको हो ।

देशका विभिन्न स्थानमा रहेका तीन लाख भन्दा बढी सैलुन व्यवसायीहरु लाभान्वित हुने उद्देश्यले बैंकले “नेपाल नाई संघ”लाई क्युआर हस्तान्तरण गरेको हो ।

राजधानीमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रममा “नेपाल नाई संघ”का अध्यक्ष राजाराम ठाकुर ज्यूलाई बैंकका प्रमुख डिजिटल बैकिङ्ग अधिकारी  माधव सुवेदीले क्युआर हस्तान्तरण गरेका हुन् ।

उक्त क्युआर हस्तान्तरण पछि ग्राहकले “नेपाल नाई संघ”मा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिए वापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्नेछन् । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यु आर कोडको प्रयोग आम मानिसमा बढ्दै गई रहेको छ ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  ४ : ४५ बजे

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ४५

पाल्पामा जनै बाट्न सिक्दै नयाँ पुस्ता

पाल्पा । पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा