१६ माघ २०८२, शुक्रबार | January 30, 2026

बुटवलमा सडक राजनीति : ३ दिन भित्र बेस तयार नभए ठेक्का तोड्न सिफारिस गरिने



बुटवल । निर्माण व्यवसायीले आजको ३ दिन भित्र बुटवलको सडकको बेस तयार गर्न नसकेमा ठेक्का सम्झौता तोड्ने निर्णय गरिएको छ । बुटवलको मूख्य सडक निर्माणमा देखिएको समस्याबारे विशेष अनुगमन तथा सहजीकरण समितिको बिहीबार बसेको बैठकले ३ दिनभित्र सडकको बेस तयार गर्ने काम बिहीबारदेखि थाल्ने र ३ दिनभित्रमा बेस तयार नभई काम अघि नबढेमा सडक विभागलाई ठेक्क तोड्ने र वैकल्पिक व्यवस्था गर्ने गरी सडक निर्माण गर्न सिफारिश गर्ने निर्णय गरेको हो ।

बिहीबार बुटवल उपमहानगरपालिकामा अनुगमन समितिका संयोजक टेकराज पन्थीको अध्यक्षतामा बसेको बैठकले बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तारका क्रममा भएको ढिलासुस्ती समाधानका लागि सम्बन्धित कार्यालयहरुबाट समन्वय गर्ने निर्णय पनि गरेको छ ।

बैठकले विद्युतका पोलहरु सबै समयमा नसारेकाले गाड्नुपर्ने स्थानमा २ दिनभित्रमा सम्बन्धित निर्माण व्यवसायीलाई गाड्न लगाउने र तत्काल गाड्न नसकिएको वा गाड्न नपर्ने पोलहरु एकीकृत गरी व्यवस्थित गर्न विद्युत प्राधिकरणका कार्यालय प्रमुखलाई जिम्मेवारी तोक्ने निर्णय गरिएको संयोजक एवं बुटवल उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत पन्थीले बताए ।

पन्थीका अनुसार खानेपानी पाइपहरु व्यवस्थित गरी गाड्नुपर्ने वा नपर्ने यकिन गरी ३ दिनभित्र उचित व्यवस्थापनका लागि खानेपानी संस्थान कार्यालय प्रमुखलाई जिम्मेवारी तोक्ने निर्णय भएको छ भने बैठकले नेपाल टेलिकमको ट्राफिक चोकमा भएको म्यानुअल चेम्बरलाई ७ दिनभित्र सबै कार्य सम्पन्न गर्ने व्यवस्थापनका लागि नेपाल टेलिकमको निर्देशनालयका निर्देशकलाई जिम्मेवारी तोक्ने पनि निर्णय गरिएको छ ।

बैठकमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र लाल उपाध्याय, दुरसञ्चार कार्यालय बुटवलका उपप्रबन्धक नेत्र नारायण खनाल र भगवान राम कलवार, बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख दीपक कुमार झा, नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतो, नेपाल खानेपानी संस्थान, बुटवलका विजय श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, निर्माण कम्पनी कञ्चनजंघा विरुवा जेभीका सुवित श्रेष्ठ, पेम्बा लामा र प्रविण मिश्रा, बुटवल ४ का अध्यक्ष नरिश्वर शर्मा, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारलगायतको सहभागिता रहेको थियो ।

यसअघि असार ३ गते म्याद सकिएको ठेकेदार कम्पनीबाटै थप १ वर्षको कार्य योजना माग गरेर काम गराउने निर्णय गरिएको थियो ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  ७ : १३ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र