३० बैशाख २०८३, बुधबार | May 13, 2026

वैदेशिक रोजगारीमा जानेमध्ये गतवर्ष अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु, १४७९ जना फर्किए काठको बाकसमा



काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीमा जानेहरुमध्ये अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ ।

वैदेशिक रोजगार वोर्डका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ४७९ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको एकैवर्ष यति धेरैको मृत्यु यसअघि भएको थिएन ।

यसअघि अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा ठूलो संख्यामा नेपालीको मृत्यु विदेशी भूमीमा भएको थियो । सो वर्ष वैदेशिक रोजगारीमा गएकाहरुमध्ये १ हजार २४३ जनाले ज्यान गुमाएको वोर्डले जनाएको छ ।

त्यसभन्दा अघि आर्थिक वर्ष २०७१/७२ मा वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढीको मृत्यु भएको थियो । उक्त वर्ष एक हजार ६ जना नेपाली कामदारको मृत्यु खाडी राष्ट्र तथा मलेसियामा भएको थियो ।

पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुमध्ये १० हजार ९३२ जनाको मृत्यु भएको वोर्डले जनाएको छ । सो अवधिमा ५० लाख ८३३ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशका पुगेका थिए ।

गत आर्थिक वर्ष २०७८/७९ मा हालसम्मकै सबैभन्दा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार गत आर्थिक वर्ष ६ लाख ३० हजार ९७ जना श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गएका छन् ।

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  ११ : ३५ बजे

प्राविधिकतर्फ बुटवलको कालिका मानवज्ञान नेपाल प्रथम

बुटवल । बुटवल-१०, रुपन्देहीस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयएसईई परीक्षा २०८२

सहकारी पीडितको बचत रकम फिर्ता गर्न चक्रीय कोषमा २५ करोड रुपैयाँ राखिँदै

काठमाडौं । भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीपीडितको बचत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक

धवलागिरिमा मानव स्पर्श ६६ वर्ष, सात सय जनाभन्दा बढीद्वारा आरोहण

म्याग्दी । धवलागिरि हिमालमा मानव पाइला परेको आज ६६ वर्ष

तल्लो सेती जलविद्युत् आयोजना : प्रवेश सुरुङ निर्माण सुरु

तनहुँ । तनहुँको देवघाट गाउँपालिका(४ मा १२६ मेगावाट क्षमताको तल्लो