२० मंसिर २०८२, शनिबार | December 6, 2025

वैदेशिक रोजगारीमा जानेमध्ये गतवर्ष अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु, १४७९ जना फर्किए काठको बाकसमा



काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीमा जानेहरुमध्ये अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ ।

वैदेशिक रोजगार वोर्डका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ४७९ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको एकैवर्ष यति धेरैको मृत्यु यसअघि भएको थिएन ।

यसअघि अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा ठूलो संख्यामा नेपालीको मृत्यु विदेशी भूमीमा भएको थियो । सो वर्ष वैदेशिक रोजगारीमा गएकाहरुमध्ये १ हजार २४३ जनाले ज्यान गुमाएको वोर्डले जनाएको छ ।

त्यसभन्दा अघि आर्थिक वर्ष २०७१/७२ मा वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढीको मृत्यु भएको थियो । उक्त वर्ष एक हजार ६ जना नेपाली कामदारको मृत्यु खाडी राष्ट्र तथा मलेसियामा भएको थियो ।

पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुमध्ये १० हजार ९३२ जनाको मृत्यु भएको वोर्डले जनाएको छ । सो अवधिमा ५० लाख ८३३ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशका पुगेका थिए ।

गत आर्थिक वर्ष २०७८/७९ मा हालसम्मकै सबैभन्दा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार गत आर्थिक वर्ष ६ लाख ३० हजार ९७ जना श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गएका छन् ।

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  ११ : ३५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय