३ चैत्र २०८२, मंगलबार | March 17, 2026

लुम्बिनी प्रदेश विश्वबिद्यालयका उपकुलपति र रजिष्टार सहितको टोली बाँकेको खजुरामा



खजुरा। लुम्बिनी प्रादेशिक विश्वबिद्यालयका उपकुलपति र रजिष्टारले विश्वबिद्यालयका लागि प्रस्तावित बाँकेको खजुराको जग्गा अवलोकन गरेका छन् । उपकुलपनि प्राडा. बिनोद ढकाल र रजिस्टार रेग भण्डारी सहितको टोली प्रस्तावित जग्गाको अवलोकन गर्न आज खजुरा पुगेका हुन् ।

सो अवसरमा उपकुलपति बिनोद ढकालबाट विश्वविद्यालयका लागि खजुराको जग्गा उपयुक्त भएको र जग्गा प्राप्तिका लागि प्रकृया अगाडि बढाउने प्रतिबद्धता आएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताए । टोलीले विश्वविद्यालयका लागि आवश्यक पर्ने ब्लक निर्माण गर्ने सम्भाव्यस्थल समेत अवलोकन गरेको थियो ।

स्थानीय राजनीति दल, बुद्धिजीवी प्रहरी प्रशासन अन्य सरोकारवाला निकायसँग विश्वविद्यालय स्थापनाका समबन्धमा छलफल गरि प्रकृया अगाडि बढाउने अवलोकन टोलीले जनाएको छ । तत्कालै प्राबिधिक विश्वविद्यालयको कार्यालय सञ्चालन ल्याउने गरि काम अगाडि बढाउने उपकुलपति ढकालले बताए ।

विश्व बजारमा विकाउ जनशक्ति उत्पादन गर्ने र लुम्बिनीको ब्राण्ड कायम गर्ने गरि विश्वबिद्यालय स्थापना हुने गाउँपालिका अध्यक्ष विकले बताए ।

जनक शिक्षा केन्द्रको छापाखाना राख्नका लागि निर्माण भएको भवनमा विश्व विद्यालयको प्रशासनिक कार्यालय स्थापना गर्ने यसअघि को निर्णय अनुसार जनक शिक्षा केन्द्रको भवनमा अस्थायी कार्यालय राख्ने निर्णय भएको पनि अध्यक्ष विकले बताए ।

बिश्व बिद्यालयको निर्माण स्थलको शुक्रबार बिश्व बिद्यालयका उपकुलपति ढकाल, रजिस्टार भण्डारी सहित प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, लुम्बिनी प्रदेससभा संसद आइपी खरेल, मुख्यमन्त्री कार्यलयका अर्थ बिज्ञ डा. लक्ष्मण न्यौपाने, शिक्षा मन्त्रालयका शाखा अधिकृत विष्णु पन्थी, सामाजिक बिकास डिभिजन प्रमुख राम करन पाल, बवई बहुमुखी क्याम्पस प्रमुख  इश्वरी प्रसाद सिंह महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख  डा.इन्द्र भण्डारी लगायतले निर्माणस्थलको अवलोकन गरेका हुन् ।

बाँकेको खजुरामा लुम्बिनी प्रदेश प्राबिधिक विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरु भए सँगै खजुरा गाउँपालिकाले वडा नं ८ रनियापुरमा १ सय १० बिघा जमिन लुम्बिनी प्रदेस प्राबिधिक विश्वबिद्यालयका लागि हक हस्तान्तरणका लागि सिफारिस गरिसकेको छ ।

 

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  ७ : ४८ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित