१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

नेपालगन्जमा खुल्यो प्रदेश विश्वबिद्यालयको केन्द्रीय कार्यालय



नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले घोषणा गरेको प्रदेश प्राबिधिक विश्वबिद्यालयको बाँकेको नेपालगन्जमा केन्द्रीय कार्यालय स्थापना गरिएको छ । बाँकेको खजुरामा विश्वबिद्यालय संचालन गर्ने गरि नेपालगन्जमा केन्द्रीय कार्यालय संचालन गरिएको हो ।

विश्वबिद्यालयको केन्द्रीय कार्यालयको आज एक कायृक्रमकाबीच प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले उदघाटन गरे । उदघाटन कार्यक्रमलाई संबोधन गर्दै मुख्यमन्त्री केसीले प्रदेशले संचालन गर्न थालेको विश्वबिद्यालयमा राजनीति नगर्न सबैलाई आग्रह गरे । उनले विश्वबिद्यालयहरुमा हड्ताल र तालाबन्दी गर्ने प्रचलन जस्तै भएको उल्लेख गर्दै प्रदेश विश्वबिद्यालय राजनीतिबाट मुक्त हुनुपर्ने बताए । उनले स्थापना हुनु ठुलो कुरा नभएको भन्दै त्यसलाई कार्यान्वयन गर्नु महत्वपूर्ण हुने बताए । विश्वबिद्यालय संचालनमा सबैको सकारात्मक सहयोग आवश्यक रहने पनि उनले बताए ।

कार्यक्रममा बोल्दै संबिधानसभा पूर्वउपाध्यक्ष एवं माओवादी केन्द्रकी नेतृ पूर्णकुमारी सुबेदीले समाज एकजुट भए जस्तोसुकै काम पनि गर्न सकिने बताइन् । उनले स्थानीयको पहलबाटै खजुरामा क्यान्सर अस्पताल सम्भव भएको उल्लेख गर्दै विश्वबिद्यालयलाई पनि सबैले सहयोग गर्नु पर्नेमा जोड दिईन् ।

शिक्षामन्त्री बसुरुद्दीन खाँको सभापतित्वमा भएको कार्यक्रममा विश्वबिद्यालयका उपकुलपति प्राडा बिनोद ढकालले स्वागत गरेका थिए भने रजिष्ट्रार रेग भण्डारीले संचालन गरेका थिए । उदघाटन कार्यक्रममा रजिष्ट्रार रेग भण्डारी, खजुरा गाँउपालिका अध्यक्ष डम्बर बिक लगायतले विश्वबिद्यालय संचालनको शुभकामना व्यक्त गरेका थिए । हाललाई विश्वबिद्यालयको केन्द्रीय कार्यालय नेपालगन्जमा स्थापना गरिएपनि विश्वबिद्यालय परिषरमा स्थायी संरचना नबन्दा सम्म खजुरा स्थित जनक शिक्षाको छापाखाना प्रयोजनका लागि बनेको भवन मरमत गरि स्थानान्तरण गरिने विशवबिद्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ८ : ०३ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले