१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

नेपालगन्जमा खुल्यो प्रदेश विश्वबिद्यालयको केन्द्रीय कार्यालय



नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले घोषणा गरेको प्रदेश प्राबिधिक विश्वबिद्यालयको बाँकेको नेपालगन्जमा केन्द्रीय कार्यालय स्थापना गरिएको छ । बाँकेको खजुरामा विश्वबिद्यालय संचालन गर्ने गरि नेपालगन्जमा केन्द्रीय कार्यालय संचालन गरिएको हो ।

विश्वबिद्यालयको केन्द्रीय कार्यालयको आज एक कायृक्रमकाबीच प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले उदघाटन गरे । उदघाटन कार्यक्रमलाई संबोधन गर्दै मुख्यमन्त्री केसीले प्रदेशले संचालन गर्न थालेको विश्वबिद्यालयमा राजनीति नगर्न सबैलाई आग्रह गरे । उनले विश्वबिद्यालयहरुमा हड्ताल र तालाबन्दी गर्ने प्रचलन जस्तै भएको उल्लेख गर्दै प्रदेश विश्वबिद्यालय राजनीतिबाट मुक्त हुनुपर्ने बताए । उनले स्थापना हुनु ठुलो कुरा नभएको भन्दै त्यसलाई कार्यान्वयन गर्नु महत्वपूर्ण हुने बताए । विश्वबिद्यालय संचालनमा सबैको सकारात्मक सहयोग आवश्यक रहने पनि उनले बताए ।

कार्यक्रममा बोल्दै संबिधानसभा पूर्वउपाध्यक्ष एवं माओवादी केन्द्रकी नेतृ पूर्णकुमारी सुबेदीले समाज एकजुट भए जस्तोसुकै काम पनि गर्न सकिने बताइन् । उनले स्थानीयको पहलबाटै खजुरामा क्यान्सर अस्पताल सम्भव भएको उल्लेख गर्दै विश्वबिद्यालयलाई पनि सबैले सहयोग गर्नु पर्नेमा जोड दिईन् ।

शिक्षामन्त्री बसुरुद्दीन खाँको सभापतित्वमा भएको कार्यक्रममा विश्वबिद्यालयका उपकुलपति प्राडा बिनोद ढकालले स्वागत गरेका थिए भने रजिष्ट्रार रेग भण्डारीले संचालन गरेका थिए । उदघाटन कार्यक्रममा रजिष्ट्रार रेग भण्डारी, खजुरा गाँउपालिका अध्यक्ष डम्बर बिक लगायतले विश्वबिद्यालय संचालनको शुभकामना व्यक्त गरेका थिए । हाललाई विश्वबिद्यालयको केन्द्रीय कार्यालय नेपालगन्जमा स्थापना गरिएपनि विश्वबिद्यालय परिषरमा स्थायी संरचना नबन्दा सम्म खजुरा स्थित जनक शिक्षाको छापाखाना प्रयोजनका लागि बनेको भवन मरमत गरि स्थानान्तरण गरिने विशवबिद्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ८ : ०३ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित