२१ मंसिर २०८२, आइतबार | December 7, 2025

अक्षयकोष स्थापनार्थ सांस्कृतिक कार्यक्रम



रुपन्देही । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित अखिल साँझ कार्यक्रममा तिलोत्तमावासी रमाएका छन् । लामो समयपछि आयोजित सो खुला साङ्गीतिक कार्यक्रम हेर्न तिलोत्तमा र बुटवलका सङ्गीतप्रेमी सहभागी भएका थिए । गरिब तथा जेहेन्दार विद्यार्थीको अक्षयकोष स्थापनार्थ सो कार्यक्रममा ख्यातिप्राप्त गायक-गायिकाले प्रस्तुति गरेका थिए ।

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले कार्यक्रममा लामो राजनीतिक भाषण गरेनन् । कार्यक्रममा लोकगायक बद्री पङ्गेनीले ‘खै हाम्रो दिलमा त घामै लाएन, जसको शासन आए पनि जनताको शासन आएन’ भन्ने गीत गाउँदा उपस्थित सङ्गीतप्रेमीले भरपुर मनोरञ्जन लिएका थिए । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उनको साङ्गीतिक प्रस्तुति हेर्न स्थानीय अबेरसम्म बसेका थिए ।

नयाँ पुस्ताकी लोकप्रिय गायिका रचना रिमालकोे प्रस्तुति सुरु भएपछि उपस्थित सङ्गीतप्रेमीलाई व्यवस्थित गर्न हम्मेहम्मे परेको थियो । ‘तिम्रो प्रिती पहिले हो कि मेरो प्रिती पहिले…’ बोलको गीत गाउँदा दर्शकदीर्घाबाट उनको प्रस्तुति मोबाइलमा कैद गर्न तछाडमछाम भएको थियो । उनलाई नजिकबाट नियाल्न पाएकामा तिलोत्तमावासी निकै खुसी भएका थिए ।

सो अवसरमा गायिका एन्जिला रेग्मीले पनि दिलको भित्तैमा, बस बसरे वसुन्धरा बहिनीजस्ता चर्चित गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाए । हाँस्य कलाकार पुरुपोत्तम भण्डारी पुर्खेबाले दर्शकलाई हसाए । कार्यक्रममा कलाकार नारायण विपी परियार, श्रीधर अधिकारीलगायतले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सङ्कलन भएको रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थीको अक्षयकोष स्थापना गर्ने अनेरास्ववियु तिलोत्तमा नगर कमिटिका अध्यक्ष सागर खनालले जानकारी दिए ।

 

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  ११ : ४४ बजे

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा