२१ मंसिर २०८२, आइतबार | December 7, 2025

पशु स्वास्थ्य तथा पशु सेवा परिषद बिधेयकको पक्ष र विपक्षमा पशु क्षेत्रमा काम गर्नेहरुको जुहारी



बुटवल । प्रतिनिधिसभाबाट पशु स्वास्थ्य तथा पशु सेवा परिषद बिधेयक पास भएपछि नेपालका पशु सेवकहरु बिधेयकको पक्ष र विपक्षमा बहसमा उपित्रएका छन् । पशु चिकित्सकहरुको संस्था भेटनरी एशोसियसन बिधेयकको बिपक्षमा उत्रिएको छ भने नेपाल एनिमल साईन्स एशोसियसन, नेपाल पारा भेटनरी एण्ड लाइभष्टक एशोसियसन र नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ बिधेयकको पक्षमा उत्रिएको छ ।

भेटनरी एशोसियसनले अदक्ष र अर्धदक्षहरुलाई पशु स्वास्थ्यमा लगाउँदा पशुको स्वास्थ्यमा खतरा उत्पन्न हुने र सहि उपचार नपाउने भन्दै पशु स्वास्थ्यलाई बिशेषज्ञ सेवाको अधिकार सुनिश्चित गर्नुपर्ने माग गरिरहेका छन् भने पशु स्वास्थ्य संग जोडिएका ३ वटा संस्थाले नेपालमा विशेषज्ञ सेवाको पहुँच देशभरी नपुग्ने भएको हुँदा दक्षता अनुसार सबै पशु क्षेत्रमा काम गरिरहेकाहरुको अधिकार कायम गर्ने पक्षमा देखिएको छ ।

उनीहरुले पशु सेवामा रहेका ७५ हजार बढि पेशाकर्मीहरुलाई वैधानिक बनाउन पशु स्वस्थ्य तथा पशु सेवा परिषद विधेयक २०७९ आवश्यक रहेको भन्दै त्यसको विरोध गर्नुको अर्थ नरहेको बताएका छन् । बुटवलमा आज तीनवटा संस्थाले पत्रकार सम्मेलन गर्दै योग्यता, सीप, दक्षता र योग्यताका कार्यको आधारमा मान्यता दिनेगरि प्रतिनिधि सभाबाट पारित भएको विधेयक वैज्ञानिक र ब्यवहारिक रहेको बताए ।

उनीहरुले प्रतिनिधिसभाबाट पास भएको बिधेयक रोक्न भेटनरी एशोसियनले जालझेल शुरु गरेको भन्दै राष्ट्रिय सभाबाट रोक्न दबाब दिने गरि बिधेयककोे विरोधको औचित्य नरहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसियशन पुर्वअध्यक्ष लोकराज भुषालले पशु आहारा, पशु प्रजनन, पशु स्वस्थ्य, पशु ब्यवस्थापन र बजारीकरणमा रहेकाहरुको कामको आधारमा ४ वर्गमा विभाजन हुने गरि विधेयक आएको दाबी गर्दै यसले अवैधानिक रुपमा रहेको ठुलो संख्याका पेशाकर्मीलाई सहजता मिल्ने बताए ।

यसअघि आएको नेपाल भेटेरीनरी काउन्सिल ऐन, २०५५ केवल पशु चिकित्साको क्षेत्रलाई मात्र सम्बोधन गर्ने थियो ।’–उनले भने । यो ऐनले देशमा पशु सेवा रहेका पचहत्तर हजार सामान्य, मध्यम तथा उच्चस्तरको विशेषज्ञ सेवा समेत प्रदान गर्ने प्राविधिकहरुलाई नसमेटेको हुँदा अहिले लामोसमयको दबाबपछि संशोधन भएर नयाँ बनेको उनले बताए ।

पशुको गुणस्तरीय सेवाबाट नै किसान र आम उपभोक्तालाई फाईदा मिल्ने उनले दाबी गरे ।

करीब १ हजार २ सय पशु चिकित्सकहरु रहेको नेपाल भेटेरीनरी एशोसियसन पछिल्लोसमय विधेयकको विरोधमा रहेको भन्दै यो गलत भएको नेपाल पशु स्वस्थ्य सेवा प्राविधिक संघका अध्यक्ष डेल्टा श्रीधर अधिकारीले बताए । पशु सेवालाई ब्यवसायिक बनाउदै मर्यादित बनाउने एउटा मुख्य मापदण्ड बन्ने क्रमलाई रोक्न नहुने उनले बताए । दुई दशकदेखि नेपालका दुरदराजका किसानका गोठमा पुगेर प्राविधिक र पेशागत सेवा दिदै आएकाहरुलाई ७५ हजार बढिका पक्षमा सेवा अधिकारको पक्षमा रहेको विधेयक रोक्ने गरि गरिएको आन्दोलनप्रति उनले आपत्ती जनाए ।

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  ९ : ४५ बजे

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा