२ पुस २०८२, बुधबार | December 17, 2025

बन्दकर्तालाई देखाएर दाङमा टिप्पर मालिकले आफ्नै गाडीमा आगो लगाउन लगाए, ३ जना पक्राउ



दाङ। आज बिहानै दाङबाट खबर आयो ‘बन्दकर्ताहरुले बिहानै टिप्पर जलाए एकजना पत्रकार सहित केही बन्द कर्ता पक्राउ’ । नेपालमा अन्यस्थानहरुमा खासै प्रभाव नदेखिएको दाङमा बिहानै बन्दकर्ताहरुले प्रभाव देखाएको समाचार आयो र त्यसैका आधारमा केही स्थानहरुमा खुलेका पसल र यातायातहरु स्वतः बन्द भए । तर बन्दकर्ताले आगजनी गरेको भनिएको समाचार गलत साबित भएको छ ।

बन्दको मौका छोपेर टिप्पर मालिक धनेश्वर भण्डारीको सहमतीमा दाङमा एकाबिहानै टिपर चालक र सहचालकले आफै टिपरमा आगजनी गरेको खुलेको छ । बिमा रकमको लोभमा परी दाङको घोराहीमा चारदलद्वारा आह्वान गरिएको बन्दको मौका छोपेर चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका खुलासा भएको हो । चालक र सहचालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ भने टिपर मालिक भण्डारीलाई पनि केहीबेर अगाडि प्रहरीले पक्राउ गरेको छ ।

आज बिहानै घोराही(लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको थियो ।

विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको बहानामा गाडीमा आगजनी भएको सूचनाका आधारमा गाडी मालिक धनेश्वर भण्डारी, चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।

उनीहरूले गाडी मालिक आफैले आगजनी गर्न भनेपछि आफुहरुले आगो लगाएको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ । बिमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको उनले बताए।

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  ४ : ३९ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन