११ बैशाख २०८१, मंगलबार | April 23, 2024

पहिलो पतन श्रीलङ्काको, तर अन्तिम हुने छैन



श्रीलङ्काको नागरिकको नाताले देशको आर्थिक र राजनीतिक उथलपुथलको अन्तर्राष्ट्रिय समाचार कभरेज हेर्दा आफ्नै मृत्यु र अन्त्येष्टिको कल्पना गरिरहेजस्तो पीडाबोध भएको छ । सबैले तपाईंको मृत्यु कसरी भयो भनेर अनुमान लगाइरहेका छन्।

पश्चिमा सञ्चारमाध्यमले चीनले हामीलाई ऋणको पासोमा फसाएको आरोप लगाएका छन् । अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता टकर काल्र्सन भन्छन्, “वातावरणीय, सामाजिक र कर्पोरेट सरकारी कार्यक्रमहरूले श्रीलङ्कालीहरूलाई मृत्युको मुखमा धकेलेको छ । सबैले यो उथलपुथलका लागि भ्रष्ट राजनीतिज्ञ राजापाक्ष परिवारलाई दोष दिन्छन् । राजापाक्ष परिवारलाई सत्ताच्युत गरिनुभन्दा पहिले उनीहरुले श्रीलङ्कामा एक दशकभन्दा बढी शासन गरेका थिए । तर त्यसको अन्तिम दोष म जहाँ रहेको छु त्यही भूमिबाट मौलाएको अर्थात् पश्चिमा प्रभुत्व भएको नवउदारवादी प्रणालीको हो, जसले विकासशील देशहरूलाई ऋणमा आधारित उपनिवेशीकरणको रूपमा राख्छ ।”

“यो प्रणाली संकटमा छ, युक्रेन युद्धको खस्कँदो अवस्थाले यसको कमजोर जगलाई उजागर गरेको छ । जसको परिणामस्वरूप खाद्यान्न र ईन्धनको अभाव, महामारी र विश्वव्यापी रूपमा आर्थिक सङ्कट र खाद्यान्न अभाव फैलिरहेको छ ।”

श्रीलङ्का एउटा उत्कृष्ट नमूना हो । हामी कुनै समय एशियाको आर्थिक प्रगतिको आशा थियौं, यहाँको शिक्षित जनसङ्ख्या र मध्यम आय दक्षिण एसियामा सबैभन्दा बढी देखिन्थ्यो । तर यो भ्रम मात्र थियो । ४५० वर्षको उपनिवेशवाद, ४० वर्षको नवउदारवाद र चार वर्षसम्म हाम्रा राजनीतिज्ञहरूको पूर्ण असफलतापछि श्रीलङ्का र त्यहाँका जनता आर्थिक सङ्कट र खाद्यान्न अभावबीच बाँच्न बाध्य छन् ।

पूर्व राष्ट्रपति गोटाबाय राजापाक्षले हाम्रो कर्जा समस्यालाई जटील बनाए, तर अर्थव्यवस्था संरचनात्मक रूपमा सबै क्षेत्रमा अस्थिर रहेको छ ।
हामी धेरै आयात मात्र गर्छौं, धेरै कम निर्यात गर्छाैं र कर्जाले व्यापार घाटा मिलान गर्छाैं । यो अस्थिर अर्थतन्त्र जहिले पनि धराशायी हुने वाला थियो । तर हामी खतराको पूर्व सङ्केत मात्र हौं । सारा संसार यस असफल प्रणालीमा जाकिएको छ र यसले व्यापक पीडा ल्याउनेछ ।

बितेका केही महिनाहरूमा श्रीलङ्कामा कस्तो महसुस गरिएको छ यहाँ सार प्रस्तुत गरिएको छ, “मसँग एउटा कार छ, जुन अहिले एउटा विशाल ‘पेपरवेट’ अर्थात् खासै काम नलाग्ने वस्तुमा परिणत भएको छ । श्रीलङ्कामा ग्यासको चरम अभाव छ । त्यसैले मेरा बच्चाहरूले सोध्छन् – के उनीहरू गाडीभित्र खेल्न सक्छन् ? किनकी यो यातायातका लागि प्रयोगबिहीन भएको छ र केटाकेटीका लागि खेल्न र खेलाउनका लागि राम्रो वस्तु भएको छ ।”

ईन्धन प्राप्त गर्नको लागि ठूलै त्याग गर्नुपर्छ, कैयौं दिन लाइनमा बस्नुपर्छ र पनि आवश्यकता अनुसार इन्धन पाउन सम्भव छैन । यो सबै मेरा लागि असम्भव देखेर मैले लाइनमा बस्न छोडिसकेँ । म बस वा साइकलमा यात्रा गर्न थालेको छु । अधिकांश अर्थतन्त्रले काम गर्न छोडेको छ । अब ईन्धन वितरणलाई व्यवस्थित गर्न भनी तर्कहीन रूपमा सीमित पारिएको छ । धनी मानिसहरूले चाहिनेभन्दा बढी भण्डार गरिराख्नसमेत पर्याप्त ईन्धन पाउँछन् जबकि सार्वजनिक यातायातका लागि काम गर्ने ट्याक्सी चालकले सवारी साधनका लागि पर्याप्त ईन्धन पाउँदैनन् र ट्याक्टरका मालिकहरूले त थोरै पाउन पनि ज्यानको बाजी लगाउँछन्, संघर्ष गर्छन् तर अधिकांश दिनमा रित्तो हात फर्किन्छन् । मार्चयता श्रीलङ्काको रूपैयाँको मूल्य झण्डै आधाले घटेको छ । यहाँ धेरै सामानहरूको जगेडा (stock) छैन ।

तपाईं समस्याको पहिलो संकेतसँगै यसको वैकल्पिक उपाय अपनाउनुहुन्छ । जब केही महिना पहिले विद्युत कटौती सुरु भयो, मेरी पत्नी र मैले महँगो रिचार्जेबल पंखा किन्यौं । केही दिनपछि तिनीहरूलाई बेचियो किनकि लोडसेडिङका कारण रिचार्ज गर्न विद्युतको अभाव भयो । इन्धनको मूल्य ह्वात्तै बढेपछि हामीले तुरुन्तै साइकल किन्यौं, हामी भाग्यमानी ठहरियौं किनकि अर्को दिन त्यसको मूल्य बढ्यो । चामल, तरकारी, माछा, कुखुरालगायतका आधारभूत वस्तुको मूल्य आकासिएको छ ।

अधिकांश श्रीलङ्कालीहरू दिनको एक छाक खाइरहेका छन् । कोही भोकभोकै छन् । हरेक हप्ता मेरो ढोकामा नयाँ वर्गका मानिसहरू देखा पर्छन् उनीहरू जीउनका लागि भीख मागिरहेका हुन्छन् ।

म अनलाइन लेखकको रूपमा डलरमा कमाउँछु, त्यसैले जब श्रीलङ्काको मुद्राको अवमूल्ययन भयो । मैले प्रभावकारी रूपमा मेरो आम्दानीमा वृद्धि भएको पाएँ । हामी (मेरो परिवार) सौर्य र ब्याट्री ब्याकअपहरू जडान गर्न सक्छौँ । त्यसैले मलाई साँझमा बत्ती बाल्न समस्या छैन । तर अरू धेरै परिवार पट्यारलाग्दो लामो लोडसेडिङको कारण अँध्यारोमा दयनीय अवस्थामा बस्न विवस छन् । कारखाना र अन्य कार्यस्थलहरू बन्द हुँदा मानिसहरूले काम गर्न पाएका छैनन् । विद्युत अभावमा बच्चाहरू गर्मीले सुत्न सक्दैनन् ।

पहिलो ठूलो विरोध प्रदर्शन मार्चमा पूरा रात लोडसेडिङ भएपछि सुरू भयो किनकि गर्मीका कारण पूरै देश निद्राबाट बञ्चित र क्रोधित थियो । गत महिना प्रदर्शनकारीहरूले राष्ट्रपति निवास र प्रधानमन्त्री कार्यालय घेराउ गरेका थिए । जुन मेरा लागि यो धेरै सुखद् खबर थियो । हजारौं सर्वसाधारण श्रीलङ्कालीहरूसँगै मैले पनि यी औपनिवेशिक युगका किल्लाहरू भित्रको दृष्य पहिलो पटक देख्न पाएँ ।

दरबारको घेराउका लागि मानिसहरू स्वतःस्फूर्त, सुरक्षा सावधानी अपनाएर र सम्मानजनकरूपमा त्यहाँ पुगेका थिए । कैयौँ दम्पत्तिहरू दरबारमा पुगेर प्रेमालाप गरे । आमाबाबुले आफ्ना साना छोराछोरीलाई लिएर दरबारमा पुगे । मैले राष्ट्रपतिको निवासमा मानिसहरूले गाइरहेको देखें । आन्दोलनकारी एउटी आमा त आफ्नो बच्चासँगै नाच्दै थिइन्, कोही स्वीमिङ पुल (पौडी पोखरी) मा जलक्रिडा गरिरहेका थिए ।

म बेलायती उपनिवेशवादीहरू, जुन कालान्तरमा निर्बाध रूपमा हाम्रा आफ्नै राष्ट्रपतिहरूको नाम बन्यो, को नाम लेखिएका ताम्रलेख, शिलालेखले भरिएको एउटा हलको वरिपरि सानले हिँड्थें ।

प्रधानमन्त्री कार्यालयमा, कसैले पियानो बजाइरहेको सुन्न सकिन्थ्यो, सर्ट नलगाएका नाङ्गो आन्दोलनकारी मध्येकै एक जनाले श्रीलङ्काको झण्डा ओढेर प्रधानमन्त्रीको सरकारी निवासमा रहेको आरामदायी सोफामा सुतेको देखिन्थ्यो । तस्वीर पछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा अत्यधिक प्रयोग (भाइरल) बन्यो । कोही क्यारमबोर्ड खेलेको देखिन्थ्यो । भान्साहल बाहिरको बगैंचामा किशोरहरूले खुसीसाथ ‘कार्टह्वील’ गरे भने ‘सामुदायीक भान्सा’ले भोकाहरूलाई भात खुवायो । यो सुन्दर दृश्य सशस्त्र पहरेदारहरूले घेरिएका सम्भ्रान्तहरूले खाना खाने ठाउँको थियो ।

यसले म र म जस्तै परिवर्तनका हिमायती श्रीलङ्काबासीलाई आशावादी महशुस गरायो । तर, केही समयको लागि साँचो लोकतन्त्र जस्तो लागेको कुरा टिक्न सकेन । संसदले राजापाक्षको ठाउँमा उनका एक सहयोगी रनिल विक्रमासिङ्घेलाई राष्ट्रपति नियुक्त गरेको छ । उनी पटकपटक प्रधानमन्त्री भएका थिए । तर सन् २०२० मा भएको निर्वाचनमा आफ्नो संसदीय प्रतिनिधित्व गुमाएका थिए ।

उनले प्रदर्शनकारीहरूमाथि सेनालाई घुमाएका छन् । प्रदर्शनकारीहरू र ट्रेड युनियन नेताहरूलाई गिरफ्तार गरेका छन् । यो सबै ‘संवैधानिक’ भएको छ । उनले सम्पूर्ण उदार लोकतान्त्रिक प्रणालीमाथिको विश्वासलाई क्षतविक्षत बनाएका छन् ।

आर्थिक सुधारका लागि संघर्ष गरिरहेका अन्य धेरै देशहरूजस्तै श्रीलङ्का पनि अन्तर्राष्ट्रिय मुद्रा कोषबाट सहयोग लिएर परनिर्भर बनेको छ । हामी अझै पनि सस्तो श्रम र स्रोतहरू निर्यात गर्दछौँ र महँगो तयारी वस्तुहरू आयात गर्दैछौं र उपनिवेशवादलाई स्थान दिँदैछौँ ।

(श्रीलङ्काली लेखक  इन्द्रजीत समराजिवाको यो लेख पहिलोपटक न्यूयोर्क टाइम्समा प्रकाशित भएको छ – सम्पादक)

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ११ : ५३ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना